शुक्रबार १७ चैत्र २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले को’भिड–१९ को सङ्क्र’मण बढे पनि आत’ङ्कित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन–२०२१ को आज यहाँ उद्घाटन गर्दै उहाँले छिमेकी मुलुकमा को’भिड–१९ को सङ्क्र’मण बढे पनि नेपालमा सङ्क्र’मण बढ्न नदिने बताउनुभयो । उहाँले भारतमा सङ्क्र’मण बढ्दै गएकाले नेपालमा पनि फेरि सङ्क्र’मणको जटि’लता थपिएको बताउनुभयो ।

उहाँले सीमा नाकामा एन्टिजेन परीक्षण गरेर सङ्क्र’मणलाई रोकथाम र नियन्त्रण गरिने जानकारी दिनुभयो । मन्त्री त्रिपाठीले सीमा नाकाबाट आउने सङ्क्र’मितलाई राख्न आइसो’लेसन, क्वारे’न्टिन बनाउने कार्य पनि शुरु गरिएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमलाई पनि सङ्क्र’मणको त्रा’स फैलाउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो ।

“अहिले सङ्क्र’मणको कारणले आत’ङ्कित हुनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “आत’ङ्कित हुनु भनेको सङ्क्र’मणलाई बढावा गर्नु हो । आत’ङ्कित नभई कोभिड–१९ को सावधानी र सतर्कता अपनाउनुपर्दछ ।” मन्त्री त्रिपाठीले पुनः बन्दाब’न्दीको अवस्थामा भने नजाने स्पष्ट पार्नुभयो ।“हामी फेरि मुलुक बन्दाब’न्दीको अवस्थामा जाओस् भनेर चाहँदैनौँ”, उहाँले भन्नुभयो, “बन्दाब’न्दीभन्दा अगाडि गर्नुपर्ने महत्वपूर्ण कदम सरकारले चाल्न गइरहेका छौँ ।”

उहाँले चीन सरकारले अनुदानमा उपलब्ध गराएको को’भिड–१९ विरु’द्धको खोप ‘भेरोसेल’ भोलिदेखि लगाउन शुरु गर्ने जानकारी दिनुभयो ।

भोलिदेखि ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप दिइने छ । सम्मेलनमा नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी वेरीले अमेरिकी सरकारले नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउँदै आएको भन्दै को’भिड–१९ को रोकथाम र निय’न्त्रणमा सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो ।

सम्मेलनमा स्वास्थ्य क्षेत्रले भोगिरहेका चुनौ’ती र कम’जोरीमाथि छलफल गर्दै सरकारलाई स्वास्थ्य नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्य रहेको छ । सम्मेलनमा स्वास्थ्य साक्षरता, को’भिड–१९ महा’मारी र दिगो विकास लक्ष्य स्वास्थ्य नीति पुनरावलोकनलगायत विषयमा बहस गरिने छ ।

१०२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया