आइतबार १७ मंसिर २०८०

काठमाडौं/ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ड’र र ध’म्की दिए’र आफू पक्षका नेताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तर्सा’उन खोजेको बताउनुभएको छ । मंगलबार बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले आफू पक्षका नेताहरुलाई तर्सा’उन खोजे पनि कार’बाहीदेखि आफूहरु कहिल्यै नड’राउने बताउनुभयो ।

उहाँले कार्यक्रममा भन्नुभयो, ‘घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पत्रमा लेखिएको छ– तपाईंहरु प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ, हाललाई हटा’एको छैन। वाहा ! ड’रले थर’थर काँ’प्छन् कि। घुँ’डा टे’क्छन् कि, आत्म’सम र्पण गर्छन् कि, या मेरो पद जोगा’इदेऊ भनेर लेख्छन् कि ? त्यो पद त उहिल्यै गइस’केको थियो। ना’थे त्यो पद। उहिले भं’ग गरेको होइन, प्रतिनिधि सभा ?’

प्रधानमन्त्री ओलीले व्यक्ति’वादी, आदे’शमा विश्वास गर्ने र हु’कुमी पाराले पार्टी र सरकार चलाएको उहाँको आ’रोप छ । उहाँले आ’रोप लगाउनुभयो, ‘ओली व्यक्ति’वादी छन्। उनी आ’देशमा विश्वास गर्छन् । पार्टी र सरकार पनि हुकु’मी पाराले चलाउँछन् ।’

साथै, प्रधानमन्त्री ओली सत्ता जोगा’उन जोसँग पनि जस्तोसुकै सम्झौ’ता गर्न तयार रहेको आ’रोप पनि नेता नेपालले लगाउनुभएको छ । हिँजो ओली र प्रचण्ड मिल्दा आफूले नमा’न्ने बताएको र आज ओली प्रचण्डसँग दूरी बढाएर सरकार जोगाउन जोसँग पनि सम्झौ’ता गर्न तयार रहेको उहाँको आरो’प छ ।

उहाँले भन्नुभएको छ, ‘माओवादी हुन जाने, प्रचण्डको कार्यकर्ता हुन जाने ? हिजो केपी ओली र प्रचण्डको चोचो’मोचो मिल्दा दुईटाको चोचो’मोचो मानिँ’दैन भन्ने मान्छे मै हुँ । आज आएर प्रचण्ड र अरु पार्टीसँगको दूरी बढाउनका लागि आफू भने सत्ता जोगाउनका लागि अत्यन्त त’ल्लो दर्जा’मा गएर सम्झौता गर्न तयार भएको व्यक्तिको बारेमा मैले चर्चा गर्न पर्दैन ।’

४९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया