
एजेन्सी/ जापानले उत्तर कोरि’यामाथि लगाइरहेको प्रति’बन्ध अरु दुई वर्ष थप गरेको छ । उत्तर कोरियाले आण’विक अ’स्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अप’हरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रति’बन्ध थप
गरेको हो ।
जापानले लगाएको प्रति’बन्धमा उत्तर कोरियाले विश्वका अरु देशसँगको व्यापारमा प्रति’बन्ध लगाउने तथा मानवीय उद्देश्य बाहेक उत्तर कोरियामा दर्ता भएका जहाजहरुलाई जापानी बन्दरगाहमा प्रवेश नदिइने उल्लेख छ ।
उत्तर कोरियाको आण’विक तथा क्षेप्या’स्त्र कार्यक्रम विरु’द्ध संयुक्त राष्ट्रसंघीय प्रति’बन्धलाई पनि जापानले अनुशरण गर्नेछ । राष्ट्रसंघीय प्रति’बन्धमा हातहति’यारको व्यापारमाथि प्रति’बन्ध, उत्तर कोरियाली सम्पत्ति रो’क्का, जनता–जनताबीचको आदानप्रदान तथा शिक्षा र तालिममा प्रति’बन्धहरु समावेश रहेका छन् ।
जापानका मुख्य सचिव कात्सुनोबु काटोले मन्त्रिपरिषदको बैठकले उत्तर कोरि’यामाथिका प्रति’बन्धलाई अरु दुई वर्ष बढाउने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि घोषणा गरिएको प्रतिब’न्धको म्याद आगामी अप्रिल १३ मा स’माप्त हुँदैछ ।
उत्तर कोरियाले करिब एक वर्षको अवधिमा पहिलो पटक गत मार्च २५ मा दुई वटा ब्यालि’स्टिक क्षेप्या’स्त्र परीक्षण गरेको थियो । जापानले उक्त परी’क्षण राष्ट्रसंघीय सुर’क्षा परिषदको प्रस्तावको उल्ल’ङ्घन भन्दै भत्र्स’ना गरेको थियो । जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले राष्ट्रसंघीय प्रतिब’न्धको पूर्ण कार्यान्वयनका लागि आग्रह गरेका छन् ।
सन् १९७० र १९८० को दशकमा १३ जना जापानी नागरिकलाई अपह’रण गरेको उत्तर कोरियाले सन् २००२ मा स्वीकार गरेको थियो । उनीहरुलाई जापानी भाषा र संस्कृतिका विषयमा उत्तर कोरियाली गुप्त’चरहरुलाई प्रशिक्षित तुल्याउन अपह’रण गरिएको थियो । पछि पाँच जनालाई भने जापान फर्कन अनुमति दिइएको थियो । उत्तर कोरियाले बाँकीको मृ’त्यु भएको वा उत्तर कोरिया नै प्रवेश नगरेको दा’बी गर्दै आएको छ ।
जापानले अरु पनि जापानी नागरिकलाई उत्तरले अप’हरण गरेको हुनसक्ने विश्वास गर्दै आएको छ र तीमध्ये धेरैजसो जी’वितै रहेको हुनसक्ने जापानको भनाई छ । अप’हृत जापानी नागरिक र आण’विक हति’यार एवं क्षेप्या’स्त्र विकासका कार्यले दुबै मुलुकबीचको सम्बन्ध चिसि’एको छ । यी दुबै मुलुकबीच कुटनी’तिक सम्बन्ध समेत रहेको छैन ।
प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो प्रशासनले अ’पहृत जापानी नागरिकको विषयलाई उच्च प्राथमिकता दिइने बताउँदै आउनु भएको छ । उहाँले उत्तर कोरियाली नेता किम जोङ अनसँग विना’शर्त वा’र्ता गर्न खुला रहेको बताइसक्नु भएको छ ।
जापानले उत्तर कोरि’यामाथि सन् २००६ मा सीमित प्रति’बन्धहरु लगाउन थालेको थियो । तर त्यसयता जापानले त्यस्तो प्रतिब’न्धलाई थप विस्तार र व्यापक बनाउँदै लगेको छ ।