
काठमाडौ/ मोरगंको उर्लावारी ४ का मोहन राजवंशीको श्रीमतीलाई दोस्रो विवाह गरी लगेको भन्दै आ’शंका गरिएका युवकको श्रीमती पनि मिडियामा सार्वजनिक भएकी छन् । उनले भिडियो सार्वजनिक भएपछि आफ्ना श्रीमानलाई लगाएको आरो’प सहि हो की भन्ने आ’शंका उब्जिएको बताएकी छन् । आफ्ना श्रीमान् पनि केही दिन देखि सम्पर्क वि’हिन भएको उनको भनाई छ । १२ वर्ष साउदीमा बसेर पसिना बगाएका मोहन घर फर्कदा उनको श्रीमती घरमा थिइनन् ।
विवाह भएको वर्षौ पछि वुढेसकालमा श्रीमती हराएपछि अहिले उनका श्रीमान रुँदै मिडियामा सार्वजनिक भएका छन् । उनी सार्वजनिक भएर श्रीमती लगेको आशं’का गरिएका युवाको नाम लिए पछि उनको श्रीमती पनि सार्वजनिक भएकी हुन् । उनले पनि आफ्ना श्रीमान हराएको बताएकी छन् । उनले आफ्ना श्रीमानको बारेमा कहिल्यै शं’का नगरेको बताएकी छन् । उनी गर्भ’वती अवस्थामा छन् । यस्तो अवस्थामा श्रीमानले पी डा दिएको महिलाको भनाई छ । जिवन परियारको श्रीमतीले आफ्नो श्रीमान हराएको भन्दै सार्वजनिक भएकी हुन् ।
२० गते विहिवार पैसा लिन भन्दै धरान गएका श्रीमान अहिले सम्म फर्केका छैनन् । यता मोहनको छोरी आएर हाम्रो आमा पनि हराउनुभयो अंकल घर हुनुहुन्छ की हुनुहुन्न भन्दै सोध्न आएको जिवनको श्रीमतीले बताएकी छन् । मलाई त अहिले सम्म त्यस्तो शं’का थिएन, जुन दिन आफ्नै आँखाले दुई जना जोडी भएको देख्छु त्यो दिन मात्र विश्वास गर्छु उनले भनिन् । ५ महिनाको ग र्भ व ती छन् भने ८ वर्षको अर्का छोरा छन् । यस्तो अवस्थामा छोडेर श्रीमान हराएपछि उनी एक कल फोन आए पनि हुन्थ्यो भन्दै कुरेर बसेकी छन् ।
आफ्नो श्रीमानले ती महिलालाई दिदी भनेर सम्बोधन गर्ने गरेको पनि बताएकी छन् । संगै घाँस दाउरा गर्न जान्थ्यौं तर कहिल्यै शं’का लागेन उनले भनिन्, उहाँका विवाह गर्ने उमेरका छोराछोरी छन्, त्यस्तो मान्छेलाई मैले कसरी शं’का गर्नु ? यता मोहनले भने उनले दु’खमा साथ दिएकी श्रीमती पो’इला गएकै भएपनि फर्केर आए आफुले स्वीकार गर्ने बताएका छन् । हेर्नु’होस् भिडियो:-