
विराटनगर / पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका करिब ९ बजेर ५ मिनेट जाँदा पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भारतको सिक्किमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभा सहितका जिल्लामा पनि महसुस भएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केलको छ। भुकम्पले कुनै क्ष’ति गरेको वा नगरेको बारेमा भने थप जानकारी आउन बाँकी रहेको छ।
यो पनि,
वायु प्रदूषणले भरतपुरका सबै उडान अवरुद्ध;
वायु प्रदूषणको प्रतिकूल मौसमका कारण आज चितवनको हवाइ उडान प्रभावित भएको छ । वायुमण्डलमा ‘भिजिबिलिटी’ कम हुँदा भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरातर्फ हुने उडान प्रभावित भएका हुन् । भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आज भरतपुरबाट काठमाडौँ र पोखरामा हुने सबै उडान अवरुद्ध भएको जानकारी दिनुभयो ।
प्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ भएको छ । भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो । यस अघि पनि वायु प्रदुषणकै कारणले पाँच दिनसम्म उडान अवरुद्ध भएको थियो ।