
काठमाडौ । नेकपा–एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रच’ण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन चु’नौती दिएका छन् । उनले प्रच’ण्डलाई दोहोरो चरित्र देखाएको भन्दै आलो’चना गरेका छन् । प्रच’ण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पनि माग गर्ने तर सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने गरेर दोहोरो चरित्र देखाएको उनको भनाई छ ।
उनले प्रधानमन्त्रीको राजिनामा माग गर्ने दल तथा नेताहरुलाई प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढा’ल्न चुनौ’ति दिएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बाँस्कोटाले प्रधानमन्त्रीको राजीनामा माग गर्ने दलहरुले दोहोरो चरित्र देखाएको आ’रोप लगाए ।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, सरकार एकदलीय वा दुई दलीय के बनाउने के गर्ने भन्न नसक्ने, अनि अहिलेको सरकारको कामचलाउ भन्ने ? उनले भने, ‘विश्वासको मत फिर्ता लिनुस् न, अर्को विषय सुरु हुन्छ, तर राजनीतिलाई ब’न्दी बनाउन हामी सक्दैनौं।’
उनले प्रधानमन्त्रीले जनताको बीचमा जान भन्दै गरेको निर्णयको वि’रोध गर्नेको पनि टिप्प’णी गरे । जनताको बीचमा जाने प्रति’गमन हुन्छ भने अग्रगमन के हो ? उनको प्रति प्रश्न थियो । ‘विकास गर्ने प्रति’गमन र जनताको बीचमा जाने प्रति’गमन यहाँ भइरहन्छ,’ उनले भने, ‘निकास दिन नदिने हो भने ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम नै ठीक छ।’ चुनाव देख्नासाथ फो’बिया हुनेहरुले प्रति’गमनको नारा लगाएको उनले बताए ।