शुक्रबार २२ मंसिर २०८०

काठमाडौं/ प्रसुती शल्य’क्रियाको क्रममा चिकित्सकले महिलाको शरिर भित्रै कपडा छोडेको भन्दै कार’वाहीको माग गरिएको छ । शल्य’क्रिया मार्फत प्रसुति गराउँदा अस्पतालका चिकित्सकको लापर’बाहीका कारण सोलुखुम्बु सल्लेरी निवासी ३० वर्षीया डोमा घताने विश्वकर्माको ज्या’न नै जोखि’ममा परेको छ ।

सोमवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवार र सामाजिक अभियन्ताहरुले सोलुस्थित फाप्लु अस्पतालका डाक्टर दिलिप कुमार साहको टिमले डोमाको ज्या’न जोखि’ममा पारेको भन्दै कारवा’हीको गर्न माग गरेका हुन् ।

कार्यक्रममा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले गम्भीर त्रु’टी गर्ने चिकित्सक दो’षी भएको जि’किर गर्दै क’डा कार’बाहीको माग गरे । उनले क्षमता भन्दा बाहिरका मानिसलाई डाक्टर बनाएको समेत आरो’प लगाए । सामाजिक अभियन्ता हेमराज थापाले डोमा घतानेको सोलुखुम्बुमा बच्चा जन्माउने क्रममा डाक्टरहरुले शल्य’क्रिया गर्दा कपडा भित्र छाडेको आ’रोप लगाए ।

उनले काठमाडौंमा रिफर गरेपछि बौद्व स्थित स्तुपा कम्युनिटि अस्पतालका डा आशिष राज भण्डारीले एउटै व्यक्तिलाई चार–चार पटक भिडियो एक्सरे गर्न लगाएको बताए । ‘आज उनको जी’वन जोखि’ममा छ ।’ उनले भने, ‘६५ किलो तौलकी डोमा ३० किलोमा झरेकी छिन् ।’ डा आशिष राज भण्डारीलाई मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले कार’बाही गर्नुपर्ने थापाको माग थियो ।

सामाजिक अभियन्ता ज्वाला संग्रौलाले पनि लापर’वाही गर्ने डाक्टरलाई कार’वाही गर्न माग गरिन् । ‘एक आमाले बच्चा जन्माउदा भोग्ने पि’डा अरु कसैले बुझ्न सक्दैनन् ।’ संग्रौलाले भनिन्, ‘बच्चाले जन्मदा बित्तिकै आमाको अनु’हार दे’ख्न पाउने होकी होइन भन्ने स न्त्रा स छ ।’

४७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया