
काठमाडौ/ प्रतिनिधि सभाको बैठकमा फेरि राजसंस्था ल्याउने कुरो उठेको छ । उक्त कुरा सुनेपछि संघीय गणतन्त्र नेपाल पक्षधर सांसदहरु भने छक्क परेका छन् । यस्तो सवाल उठाउने भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देन हुन् । उनले राजसंस्थालाई नसमेट्ने हो भने देशमा अस्थी’रता कायम रहने बताएका छन् ।
सांसद लिङ्देनले राजसंस्थालाई अभिभावक मानेर समेट्दा मात्र नेपालको हित हुने उनले बताए । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद लिङ्देनले अहिलेको शासन प्रणाली नै विफ’ल भएको दा’बी गरे । उनले थप कुरा गर्दै अगाडि भने, ‘अब नयाँ ढङ्गले सहमति गर्न आवश्यक छ। त्यसमा राजसंस्था पनि अट्नुपर्छ।’
जहाँ जाने भनेर हिँडेको बाटो त्यहाँ नपुगिएकाले अब गन्तव्यमा पुग्ने बाटो राजसंस्था सहितको व्यवस्था मात्र भएको उनले बताए । उनले भने, ‘हामीले पहिला नै भनेको हो । त्यतिबेला हाम्रो स्वर सानो भयो, संख्या सानो भयो ।’ अहिले मुलुकमा देखिएको अस्थि’रता, अनि’श्चय कुनै एक व्यक्ति वा एउटा पार्टीको मात्र अस’फलता नरहेको उनले बताए । हामीले अपनाएको प्रणाली नै अस’फल भएको उनको भनाइ थियो ।
अहिलेकै व्यवस्था, अहिलेकै अवस्थामा सरकार परिवर्तन वा नयाँ निर्वाचन, जुन बाटो अवलम्बन गरे पनि यो अस्थि’रता अन्त्य गर्न नसकिने उनले प्रस्ट पारे । मुलुकले अहिलेको अस्थिर’ताबाट शिक्षा लिएर नयाँ सम्झौता गर्नुपर्ने बेला आएको लिङ्देनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि एक टेलिभिजन अन्तरवार्तामा राजेन्द्रलाई झापाबाट निर्वाचित गराउन आफ्नो साथ र सहयोग रहेको बताएका थिए ।
यस्तै अर्की सांसद पूर्णाकुमारी सुवेदीले बाँकेको नरैनापुरमा वर्षेनी हुने आग’लागीको दिर्घकालिन समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । बाँकेको दुर्गम गाउँका रुपमा चिनिने नरैनापुरमा वर्षेनी आग’लागीका घट’ना हुने गरेका छन् । जसवाट करोडौंको क्ष’ती स्थानियले भोग्नु परेको छ । बाँकेको स्थानिय बासीन्दा समेत रहेकी सांसद सुवेदीले वर्षेनी आफ्ना जनताले भाग्नुपर्ने यस्तो समस्याको दिर्घकालिन समाधानका लागि केन्द्रीय सरकारले पहल गर्नुपर्ने माग गरेकी छन् । हेर्नु’होस् भिडियो:-