मंगलबार १६ आश्विन २०८०

काठमाडाैं/ नेपालमा को’रोना भाइरस संक्र’मणको जोखिम बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता संक्र’मितको संख्या दैनिक १ सय ५० माथि थपिने गरेका छन् । छिमेकी देश भारतमा दैनिक ९० हजारमा संक्र’मण पुष्टि हुने गरेको भारतस्थित स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

नेपाल भारत सीमा भएका जिल्ला उच्च जोखिममा रहेका छन् । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा गत शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको थियो । अहिले भारत प्रवेश गरेकाहरू नेपाल फर्किने क्रम बढेको छ । नेपाल सरकारले भने को’रोना संक्र’मण रोकथाममा प्रभावकारी कदम चाल्न सकेको छैन ।

आगामी २५ चैतदेखि चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराएको को’रोना भाइरसवि’रुद्धको खोप लगाउने तयारी थालिएको छ । स्वास्थ्य मन्त्रालयले चीन सरकारबाट प्राप्त खोप आगामी बुधबारदेखि लगाउने योजना बनाएको हो । चीन सरकारबाट प्राप्त खोप काठमाडौंका तोकिएका अस्पतालमा दिने व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अत्यावश्यक सेवामा संलग्न व्यक्ति, चिनियाँ सरकारको छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनका लागि जाने तयारीमा रहेका व्यक्तिहरूलाई खोप लगाइनेछ । चीनले अनुदानमा दिएको को’रोना भाइरसवि’रुद्धको ‘सिनोफार्म’ खोपको ८ लाख डोज गत १६ चैत्रमा काठमाडौं आइपुगेको थियो । औषधि व्यवस्था विभागले सो खोपलाई ४ फागुनमा आपत’कालीन प्रयोगको अनुमति दिएको थियो । यो ख’बर आजको राजधानी दैनि’कमा छापि’एको छ ।

४६० पटक हेरिएको

तपाईको प्रतिक्रिया