
काठमाडौं/ पूर्व प्रधानसेनापति महारथी अर्जुननरसिंह राणाको ९१ बर्षको उमे’रमा आज बेलुका सैन्य अस्प’ताल छाउनीमा नि’धन भएको छ। सैनिक जनसम्पर्क निर्देशनालय प्रमुख सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार उहाँलाई निमोनिया र त्यसमाथि को’रोना संक्र’मण थपिएको थियो ।
सेनापति राणाले ०४० साल जेठ २ गतेदेखि ०४४ साल जेठ २ सम्म नेपाली सेनालाई नेतृत्व प्रदान गर्नुभएको थियो । त्यतिबेला सेनाप्रमुखको कार्यकाल चार बर्षको थियो । ०४६ पछि त्यसलाई तीन बर्षमा झारिएको हो ।
दुई बर्षअगाडि पत्नी’बियोग सहनुभएका उहाँको एक मात्र छोरा अरुणको एक बर्ष मुम्बईमा उपचार गराएपश्चात् क्या’न्सर रोगका कारण नर्भिक अस्पतालमा भर्खर तीन साताअघि नि’धन भएको थियो । छोराको उपचारका निम्ति उहाँ आफै लामो समयसम्म मुम्बई बस्नुभयो ।
दिव’ङ्गत राणाको भोलि पशुपति आर्यघाटस्थित बिद्य्युतीय शव’दाह’गृहमा सैनिक सम्मानका साथ अन्त्ये’ष्टि गर्ने तयारी छ । (श्रोत:- जन आस्था)