सोमबार १५ जेठ २०८०

विराटनगर/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितता सम्बन्धमा छानबिन गर्ने भएको छ ।

मन्त्री हृदयेश त्रिपाठीले आर्थिक अनियमिततालाई मन्त्रालयले गम्भीर रूपमा लिएर छानबिन प्रक्रिया अघि बढाइएको जनाए । यसैबीच, मन्त्री त्रिपाठीले प्रतिष्ठानमा भएको अनियमितताबारे उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिस्ट्रार मोहनचन्द्र रेग्मीलाई फोन गरी स्पष्टीकरण सोधेका छन्।

उनले नियमविपरीत गरेका क्रियाकलाप तत्काल बन्द गर्नसमेत निर्देशन दिएको प्रतिष्ठान स्रोतले बताएको छ। स्रोतका अनुसार मन्त्री त्रिपाठीले गिरी र रेग्मीलाई लिखित जवाफसमेत मागेका छन्। (अन्नपूर्ण पोस्ट दैनिकबाट)

१४९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया