सोमबार २० मंसिर २०७८

काठमाडौं/ पछिल्लो समय नेपाली संगीतप्रेमी माझ दिन प्रतिदिन लोकप्रिय हुदै गएको गीत ‘फुल बुट्टे सारी’लाई अहिले दर्शकले अत्याधिक मन पराइरहेका छन् ।

महिला तथा पुरुष दुवैको आवाजमा यो गीत पछिल्लो समय सर्वाधिक चर्चाको गीत बन्न सफल भइसकेको छ । त्यसो त सार्वजनिक अघिल्ला दुई भर्सनले एक करोड बढी भ्यूज पाइसक्दा नयाँ गीत सार्वजनिक भएको छ ।

मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो । यी सबै भर्सनलाई अहिले दर्शक श्रोताले निकै नै रुचाएका छन् ।

उक्त गीतलाई पछिल्लो समय एक अफ्रिकी गायिकाले समेत गएकी थिइन् भने उक्त गीतको धेरै चर्चा समेत भएको थियो । अहिले सोही गीतलाई एक पन्जावी गायक लक्की सिद्धुले समेत गाएका छन् ।

फुलबुट्टे सारीको पञ्जाबी भर्जन संसार ब्लग प्रोडक्सनको आधिकारिक युट्यूब च्यानलबाट अप्लोड गरिएको छ । उक्त गीतलाई यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै रुचाइएको छ भने उक्त गीतको भिडियोलाई ३ लाख भन्दा बढिले हेरिसकेका छन् ।

संसार ब्लगको मुख्य उद्देश्य बिदेशी र नेपाली संस्कृतिलाई समावेश गरी केही गरुँ भन्ने रहेको छ। त्यसैले उक्त प्रडक्सनले नेपाली नै बोल्न नजान्ने पन्जाबी लकीलाई नेपाली गीत गाउन लगाएका हुन् ।

ती पंजाबी गायकले गाएको “फुल बुट्टै सारी”को भिडियो हेर्दा उनले नेपालीमा राम्ररी गाएका छन् । “फुल बुट्टै सारी”को पन्जाबी भर्जन अहिले लन्डन तथा भारतमा पनि धेरै नै लोकप्रिय भइरहेको छ।(news24 nepal बा’ट)
हे’र्नुहोस् भिडियो सहित:-

२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया