आइतबार १७ मंसिर २०८०

काठमाडौं/ को’रोना भाइरस सङ्क्र’मणबाट विदेशमा थप चार नेपालीको मृ’त्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको को’रोना सङ्क्र’मणका कारण मृ’त्यु भएको हो ।

सङ्घका अनुसार को’रोना सङ्क्र’मणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको नि’धन भएको छ । उहाँका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप को’रोना सङ्क्र’मण देखिएको छ ।

हालसम्म ५४ देशमा ६५ हजार २८७ नेपालीमा को’रोना सङ्क्र’मण पुष्टि भएको छ । तीमध्ये ६२ हजार ६६३ को’रोना सङ्क्रमण’मुक्त भएका छन् ।

पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि को’रोनाको जो’खिम थप बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन सङ्घले अनुरोध गरेको छ ।

७६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया