आइतबार ०७ आश्विन २०८०

काठमाडौं/ मलेसियाबाट नेपाल एयरलाइन्समार्फत १२ जनाको श’व आज आईतबार नेपाल ल्याइएको छ । आइतबार एकैपटक मलेसियामा ज्यान गुमाएका विभिन्न जिल्लाका श’व नेपाल ल्याइएको जनाइएको छ ।

आइतबार नेपाल एयरलाइन्समार्फत महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विकको श’व ल्याइएको छ ।

यसैगरी भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको श’व पनि ल्याइएको छ।

रोजगारीका क्रममा रहेका र विभिन्न समयमा ज्या’न गुमा’एका १२ नेपालीको श’व एकैसाथ ल्याइएको जनाइएको छ । को’रोना संक्र’मणका कारण उडान अस’म्भव हुँदा मलेसियाबाट श’व ल्याइएको थिएन ।

आइतबार आफ्नो निर्वाचन क्षेत्रका युवाको श’व समेत ल्याइएको थाहा पाएपछि जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

गोरखा–२ सिरानचोक– ५ का २८ वर्षीय सूर्य विक र गोरखा नपा–१२ का २७ वर्षीय मेघबहादुर कुॅवरको श’व बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा आफूले आँ’शु थाम्न नसकेको टिव्टमार्फत् डा भट्टराईले भनेका छन् ।

उनले भनेका छन्, ‘कस्तो दुः’खद अवस्था ! वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको श’व एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! तीमध्ये गोरखा–२ सिरानचोक–५ का सूर्य विक (२८बर्ष) र गोरखा नपा–१२ का मेघबहादुर कुॅवर (२७ बर्ष) को श’व बुझ्न आएका आफन्तहरूको भाववि’ह्वल अवस्था देख्दा कसरी आँ’शु थामिन्थ्यो र !’(news24 nepal बा’ट)

१५८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया