
काठमाडाैँ/ चिनियाँ नागरिकलाई लुट’पाट गरेको आरो’पमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रह’रीले प’क्राउ गरेको छ ।
पक्रा’उ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुन’का गरग’हना लुट’पाट गरेको आ’रोप छ ।
उनीहरुले यही चैत १६ गते काठमाडौँको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मु’कुण्डो लगाएर लुट’पाट गरेका प्रह’रीले जनाएको छ ।
छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धा’रिलो हति’यार देखाइ नियन्त्र’णमा लिई हातखुट्टा टे’पले बाँ’धी लुट’पाट गरेको प्रह’रीले जनाएको छ । सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रह’री टोलीले उनीहरुलाई विभिन्न स्थानबाट प’क्राउ गरेको प्र’हरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रह’रीका अनुसार उनीहरुले रु बीस लाख, सुनको तिलहरी, सुनको औठ्ठी, बाला, मुन्द्रा लु’टेको जनाइएको छ । प्रह’रीले उनीहरुका साथबाट नगद रु सात लाख ९२ हजार छ हजार, छ हजार १७० युआन, तिलहरी, बाला, रिङ औँठी, बाला बरा’मद भएको प्रह’रीले आज एक सूचना जारी गरी जनाएको छ ।
नगद ४३ लाखसहित प’क्राउ
यसैबीच गएराति चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट रु ४३ लाख नगदसहित एक व्यक्ति प’क्राउ परेका छन् । दाङ तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश नं ३–०१–००–६ ख ०९१२ नं को यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा रु ४३ लाख नगद र नौ थान छड्के तिलहरीसहितको पोते बरा’मद गरिएको छ ।
सोधपुछ गर्दा उक्त रकम तथा सामान तुलसीपुर उप–महानगरपालिका– ५ का ३७ वर्षीय सन्दिप कौशलको रहेको भन्ने खुलेकाले उनलाई पनि प’क्राउ गरिएको प्रह’रीले जनाएको छ । उनले रकमको स्रोत खुलाउन नसके’काले अनुसन्धानका लागि महानगरीय प्र’हरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको बस्नेतले जानकारी दिनुभयो । – रासस