सोमबार १५ जेठ २०८०

अधिकांश मानिस शौचालयमा समय बिताइरहेका हुन्छन् ।
शौच गर्न समय लाग्ने भएका कारणले नभएर शौचालयमा गेम खेल्न, फेसबुक चलाउन, च्याट गर्न व्यस्त भएको पाइन्छ ।

शौचालय जाँदा मोबाइल लिएर जानु धेरैजसोको बानी नै भइसकेको छ । मानिसहरू ट्वाइलेटमा मोबाइल चलाउने सुरमा अरु समयमा भन्दा तीन गुणा बढी समयसम्म बस्ने गर्छन् । तर, चिकित्सा विशेषज्ञहरूका अनुसार शौचालयमा १० मिनेटभन्दा बढी समय खर्च गर्नु हुँदैन ।

वास्तवमा, जति कम समय बितायो त्यति नै उचित हुन्छ । फोनको साथ शौचालयमा धेरै समय खर्च गर्नाले फोनमा १८ गुणा बढी कीटाणु टासिने सम्भावना बढी हुन्छ । हालसालै गरिएको एक अनुसन्धानले छमध्ये एक फोनको सतहमा शौचका केही अंशसमेत फेला पारेको थियो ।

धेरै समयसम्म शौचालयमा बस्दा निकै अफ्ठ्यारो हुने र नशाहरू सर्दै तल आउने हुँदा हेमोरोइडको समस्या अर्थात् पाइल्स हुने सम्भावना पनि बढी रहन्छ । मोबाइल नचलाएर लामो समयसम्म शौचालयमा बस्नु परिरहेको छ भने पाचन प्रणाली समस्या भएको बुझिन्छ ।

कब्जियतलगायत पेटसम्बन्धी समस्याका कारण पनि शौचालयमा धेरै समय लाग्छ भने पनि शौच गर्न दबाब दिनुभन्दा पनि समस्याको उपचार गर्नु उचित हुन्छ ।

६७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया