
काठमाडौँ/ कोरोना’विरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृ’त्यु भएपछि मृ’त्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरू गरेको छ । म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृ’त्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरू गरेको हो ।
खोपपश्चात् हुने अवा’ञ्छित घट’नाको कमिटीका अनुसन्धान प्रमुख डा. धनराज अर्यालका अनुसार मृ’त्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अनुसन्धान शुरू गरिएको हो ।
डा. अर्यालका अनुसार मृ’त्यु हुनेमा दीर्घ’रोगी, दम, मुटु तथा रोगसँग ल’ड्ने क्षमता कम’जोर भएका जेष्ठ नागरिकहरू रहेका छन् । उनीहरूका आफन्तले पनि मृ’त्युका कारण खोप नभई काल’गति र अरू नै रोगका कारण भएको जनाएका छन् ।
तर, खोपको प्रभावका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अनुसन्धान शुरू गरेको बताइएको छ । नेपालले कोरोना’विरु’द्धको खोप अभियानमा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड प्रयोग गरिरहेको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म १७ लाखले यो खोप लगाइसकेका छन् । याे ख’बर आज’को नेपाल समाचारपत्र दैनि’कमा छ ।