शुक्रबार १२ आश्विन २०८०

गाेरखा/ गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जी’प दुर्घट’ना हुँदा दुई ज’नाको मृ’त्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जि’प शनिबार साँझ करिब ७ः०० दुर्घट’नामा परेको जिल्ला प्र’हरी कार्यालय गोरखाका प्र’हरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

दुर्घट’नामा प’री लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीय ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृ’त्यु भएको प्र’हरी नायब उपरीक्षक दाहालले बताउनुभयो । दुर्घट’नामा अन्य सात जना घाइ’ते भएका छन् । घाइ’तेमध्ये दुईको अवस्था गम्भी’र रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालको भनाइ छ ।

गम्भी’र घा’इते हुनेमा दूधपोखरी–२ लमजुङका ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा रहेका छन् । उहाँहरु दुवै जनालाई थप उप’चारका लागि राति नै चितवन पठाइएको उहाँले बताउनुभयो ।

दुर्घट’नामा प’री लमजुङ बेँशीशहर नगरपालिका–१० का २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिका–२ का १८ वर्षीय अमृत दुवाडी, ३० वर्षीय विष्णु दुवाडी, २९ वर्षीय विष्णु दुवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशील नराल घा’इते भएको प्रह’री नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो ।

घा’इते नराल दूधपोखरी गाउँपालिका शिक्षा शाखाका प्रमुख रहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । जीप सड’कबाट झण्डै २०० मिटर त’ल ख’सेको प्रह’रीको भनाइ छ । घट’नाको जानकारी पाएलगत्तै इलाका प्र’हरी कार्यालय जौवारीबाट प्रह’री निरीक्षकको कमाण्डमा बालुवा प्र’हरी चौकीबाट समेत प्रह’रीको टोली घटना’स्थल पुगेर घाइ’तेहरुको उद्धा’र गरिएको थियो ।

जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घट’नामा परेका हुन् । घट’नाको थप अनुसन्धान भइरहेको प्रह’रीले जनाएको छ ।

१८६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया