शुक्रबार ०५ कार्तिक २०७८

जुम्ला/ यहाँकाे तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आग’लागी हुँदा ३५ घर ज’लेर न’ष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर ज’लेर ख’रानी भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार आ’गो अझै निय’न्त्रण बाहिर छ ।

पर्याप्त पानी नभएका कारण आ’गो निभा’उन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आ’गो निभा’उने लिने प्रयास भइरहेको उहाँले बताउनुभयो । वडाध्यक्ष बोहोराले भन्नुभयो, “आ’गो निय’न्त्रण बाहिर छ । निभा’उनका लागि पानी छैन, आ’गोले ज’लेका घर हेरेर बस्नुको विकल्प छैन ।”

पैँतीस घरभित्रको अन्नबाली सबै स’खाप भइसकेको छ । आ’गो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ । आग’लागीका कारण मान्छे बे’होस छन् । आग’लागीबाट क्ष’तिको यकिन विवरण आउन बाँकी छ । तिला–९ ढिपुगाउँ वर्षायाममा छ महिना बस्ने बस्ती हो । यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन् । मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै ज’लेको हो ।

वडाध्यक्ष बोहोराले भन्नुभयो, “स्याउला सङ्कलनका लागि एक÷दुई दिनभित्र गाउँले नै त्यो बस्तीमा जाने भनेका थिए । आ’गोले बस्ती खरा’नी बनाइसक्यो ।” उहाँले उ’द्धार र राह’तका कार्यमा साथ दिन सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आग’लागी भएको खबर पाउनेबित्तिकै तत्काल उद्धा’रका लागि नेपाल प्र’हरी र सशस्त्र प्रह’रीको टोली आग’लागी भएको घट’नास्थलतिर पठाइसकेको बताउनुभयो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले तिला–९ ढिपुको मुल्लीमा आग’लागी भई ३५ घर न’ष्ट भएको प्रारम्भिक खबरले दु’खित तुल्याएको बताउनुभयो । “उद्धारका लागि घट’नास्थलतर्फ सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ”, उहाँले भन्नुभयो, “उ’द्धार, रा’हत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न सम्बद्ध पक्षलाई अनुरोध गर्दछु ।”

यसअघि तिला–७ पोखरीगाउँको गोठीमा आग’लागी हुँदा ३१ घर ज’लेर न’ष्ट भएका थिए । यससँगै जुम्ला आग’लागीको उच्च जो’खिम क्षेत्र बनेको छ । सदरमुकामस्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वनमा आग’लागी भएको थियो । नेपाली सेना, नेपाल प्रह’री र स’शस्त्र प्रह’रीले आ’गो निभा’उन सफल भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।

२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया