
काठमाडौं/ अन्ततः नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।
ओलीले राजीनामा नदिए काँग्रेसले संसदमा अविश्वासको प्रस्ताव समेत लाने भएको छ । तर यता प्रधानमन्त्री ओलीले आफुले कुनै पनि हालतमा राजीनामा नदिने जवाफ काँग्रेसलाई दिएर सरकार नछाड्ने संकेत गरेका छन् । तर काँग्रेसको निर्णयसंगै मुलुकमा राजनीतिक उतारचढाव बढ्ने प्रष्ट भएको छ ।
जनमतको कदर गर्दै प्रतिपक्षमा बस्नु पर्ने र अर्कों चुनावलाई उपयोग गरेर मात्र सरकारबारे सोच्नु पर्ने आवाज काँग्रेस भित्रै उठिरहेको अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाको चाहनाको अगाडि सबै केन्द्रीय सदस्य गलेका छन् ।
शुक्रबार अबेरसम्म बसेको काँग्रेस केन्द्रीय कार्य समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि चुनावी सरकारको भूमिकामा आफु उभिने संकेत पनि काँग्रेसले दिएको छ ।
एक पटक ओलीवि’रुद्ध अविश्वा’सको प्रस्ताव ल्याउन समेत धर्मराएको काँग्रेसले बाँकी दलको विश्वास लिएको यही निर्णयले पनि प्रष्ट पारेको बुझ्न सकिन्छ । तर जनता समाजवादी पार्टीले भने काँग्रेसको नेतृत्वमा सरकारमा जाने विषयमा कुनै छलफल र सहमति नभएको बताएको छ । काँग्रेस सभापति देउवाले नै आफुहरुलाई अलमलाएको आ’रोप पनि जनता समाजवादी पार्टीले लगाएको छ ।
यता नेपाली काँग्रेसले भने गत वैशाख १७ गतेको बसेको केन्द्रीय कार्य समितिको बैठकमार्फत प्रतिनिधि सभा वि’घटन गर्ने कदमलाई असंवै’धानिक, अलोक’तान्त्रिक र सर्वस’त्तावाद तर्फको कदम ठहर गरेको थियो ।
सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेको महिना दिन पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि नेपाली काँंग्रेसले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।
यता प्रधानमन्त्री ओलीले आफुले राजीनामा दिनु पर्ने कुनै आधार नभएको बताउँदै ढिलोछिटो मुलुक ताजा जनादेशका लागि निर्वाचनमा नै जाने अ’डान दोहो-याएका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्तिले काँग्रेसको निर्णयलाई चुनौ’ती मात्र दिएको छैन, बाँकी दलहरुलाई पनि चुनावमा जान तयार हुनु पर्ने संकेत समेत गरेको छ ।
काँग्रेसले सरकारको नेतृत्व गर्ने रहर पक्कै पनि हल्का तवरबाट नलिएको विश्लेषण राजनीति वृतमा हुन थालिसकेको छ । तर संसदमा उपस्थित सांसदहरुको संख्या र समीकरण हेर्दा पनि उसले सरकारको नेतृत्व गर्नका लागि ठूलै पापड बेल्नु पर्ने निश्चित छ ।