शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारी पदीय मर्यादा भुलेर पुनः नेकपा एमालेको एकता जोगाउन लागिपर्नु भएको छ । नेकपा एमालेभित्रको वि’वाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर पार्टी एकता जोगाउने विषयमा छलफल गर्नु भएको छ ।

शनिबार नेता खनालको निवास डल्लुमा राष्ट्रपति भण्डारी र खनालबीच करिव एक घण्टा भेटवार्ता भएको हो । पछिल्लो समय एमाले भित्रैको विवा’दले चर्को रुप लिएको र बदलिँदो राजनीतिक परिस्थितिमा राष्ट्रपति भण्डारी र नेता खनालको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटवार्तामा राष्ट्रपति भण्डारीले नेता खनालको स्वास्थ्य अवस्थाबारे चासो राख्दै नेकपा एमालेभित्र देखिएको विवा’दबारे चि’न्ता प्रकट गर्नुभएको नेता खनालले बताउनु भयो ।

भारतमा परीक्षणका क्रममा मृगौलामा समस्या देखिएपछि आराम गरिरहनु भएका खनाललाई भेट्न भण्डारी डल्लु पुग्नुभएको हो । एमालेमा तीव्र वि’वाद देखिइरहँदा खनाल केही सातायता सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन ।

एमालेमा वि’वाद बढेका बेला माधव नेपालमाथि कार’बाही गर्नु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनालमाथि भने कुनै कार’वाही गर्नु भएको छैन । (news24 nepal बा’ट)

४४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया