
काठमाडौं/ अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्कका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्य दूतावासले जनाएको छ ।
गैर’कानूनी रूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिका सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो ।
चार वर्षको अनुसन्धान एवं कानूनी प्रक्रिया पूरा गरी आज ती मूर्ति नेपाललाई प्रदान गरिएको हो ।
हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ । गत फा’ल्गुन २१ गते शु’क्रबार नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा एफबीआईका डेप्युटी एसिस्टेन्ट डाइरेक्टर टिमाेथी एन. दुहमले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई मूर्ति हस्तान्तरण गरेका थिए ।
सन् १९८४ मा पाटनबाट चो’री गरी अमेरिका पुर्याइएको मूर्तिलाई अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) र कूटनीतिक सेवाअन्तर्गतको विदेश अप’राध अनुसन्धान हेर्ने कार्यालयको लामो अनुसन्धानपछि नेपाल फर्काउन लागिएको हो।
वासुदेव-कमलाजा भनिने लक्ष्मी-नारायणको उक्त काँस्य मूर्ति १२औँ र १५औँ शताब्दीबीचको पुरातात्त्विक सम्पदा हो। सन् १९८४ मा हराउनुअघि पाटनमा उक्त मूर्तिको पूजा हुने गरेको थियो। नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले लक्ष्मी-नारायणको मूर्ति नेपालीको हात फिर्ता भएकोमा आफू असाध्यै खुशी भएको बताएका छन्। एक विज्ञप्ति जारी गर्दै राजदूत बेरीले भने, “नेपाली संस्कृति, धर्म र इतिहासमा अत्यन्त ठूलो महत्त्व राख्ने अन्य वस्तुहरूलाई पनि नेपाल फर्काउन अमेरिकाले नेपालसँग सहकार्य गर्नेछ। अन्य सरकार, संग्रहालय र संकलकहरूले पनि त्यसै गर्नेछन् भन्ने मलाई आशा छ।” अमेरिकी सरकारले नेपाललाई सांस्कृतिक सम्पदाको संरक्षणका लागि विभिन्न सहयोग गर्दै आएको छ।