आइतबार ०७ कार्तिक २०७८

काठमाडौं/ प्रधानमन्त्री केपी ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन् । शनिबार प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १ सय ६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले आफ्नो राजीनामा अहिले मात्रै नभएर पटकपटक मागिँदै आएको बताउँदै उनले मागपिच्छे आफूले राजीनामा दिन नसक्ने बताए । उनले आफूलाई हटाउन आग्रह गरे पनि समर्थन फिर्ता नलिइएको बताए।

‘प्रधानमन्त्रीको राजीनामा आज मागिएको होइन्, मागिएको मागिएइ छ त । मागैपच्छिे म कसरी दिनसक्छु ? एउटाले माग्दैन, एकदिन माग्दैन, दुईदिन माग्दैन, माग्या छ माग्या छ’, उनले भने, ‘ए बाबा, हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु त्यो पनि लिँदैनन् । अनि राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’

उनले समर्थन फिर्ता पनि नगर्ने राजीनामा पनि माग्न नछाड्ने काम चलिरहेको र मिडियाले पनि मेलम्चीको पानीभन्दा प्रधानमन्त्रीको राजीनामालाई महत्व दिएको भन्दै आ’क्रोश व्यक्त गरे।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भएको बताएका छन् । शनिबार बालुवाटारमा आयोजित रणनीतिक सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै उनले चुनाव नभइ देश अघि बढ्नै नसक्ने जिकिर गर्दै ढिलोचाँडो निर्वाचन भइ छाड्ने बताए ।

‘यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गदैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंक गणित भन्दा माथिको कुरा हो’, उनले भने, ‘देशको आवश्यकता, जनताको आकांक्षा, अंकगणितको लागि छाड्ने कि देश र जनताको आवश्यकताका लागि अंक गणित परिवर्तन गर्ने ?’

यो कुरा जनताले फैसला गर्ने विषय भएकाले जनतामा जानै पर्ने उनको भनाइ छ ।

‘हामीले गरेको विघटन त्यही अर्थमा हो । कसैको स्वार्थमा ठेस लागोस्– नलागोस्, राष्ट्रिय आवश्यकतासँग तादम्यता राखेन, राख्न कोशिस गर्दा भएन’, उनले भने, ‘मेरो विचारमा ढिलोचाँडो जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी र अनुकुल अंकगणितबिना देश अगाडि स्मुथली जानै सक्दैन ।’

उनले वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्र’म फैलाएको आ’रोप पनि लगाए । आफ्नो राजनीतिक ‘सटर’ बन्द हुने भएकाले नै केहीले सरकारले केही कामै गरेको छैन भन्दै अफ’बाह फैलाउने गरेको पनि उनको दावी छ ।

आफू नेतृत्वको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भएकैले विपक्षीहरुले तथ्यहीन तर्क’वितर्क गरेर सरकारको वि’रोध गर्न खर्चिएको उनको भनाइ छ ।

उनले विरोधमा सरकारलाई ताना’शाही भन्नेहरुले त्यसको अर्थ नै नबुझेको पनि टिप्पणी गरे ।

४८० पटक हेरिएको

तपाईको प्रतिक्रिया