शुक्रबार १२ आश्विन २०८०

मोरङ/ मोरगंको उर्लावारी ४ का मोहन राजवंशी १२ वर्ष साउदीमा बसेर पसिना बगाए । उनी अव घरमै बस्ने र परिवारसंग समय विताउने योजनामा नेपाल फर्किए । विवाह भएको वर्षौ पछि वुढेसकालमा श्रीमती हराएपछि अहिले उनका श्रीमान रुँदै मिडियामा सार्वजनिक भएका छन् । उनले दुखमा साथ दिएकी श्रीमती पो’इला गएकै भएपनि फर्केर आए आफुले स्वीकार गर्ने बताएका छन् ।

एक साता अघि विदेशवाट नेपाल आएका मोहनले अहिले पनि श्रीमतीलाई फर्केर आउन आग्रह गरेका छन् । उनीहरुका दुई छोरा र एक छोरी हुर्कीसकेका छन् । दुई छोरा मध्य एक छोरा २२ र अर्का १४ वर्षका छन्, छोरी २४ वर्षकी भइसकिन् । उनीहरुको विवाह गर्नुपर्ने वेलामा श्रीमती जिवन परियारसंग हिडेपछि पुरुष अहिले रुँदै मिडियामा आएका छन् । जसका लागि दुख गर्न भन्दै विदेश गएका थिए उनै परिवारले वुढेसकालमा यस्तो धो का दिए प छि उनलाई वि’ष खा उँ की भन्ने लाग्छ, उनले दु’ख मनाउ गर्दै भनेका छन् ।

छोराछोरी घरमै हुँदा आमा हिडेकी हुन् । छोराछोरीले माघमा आमाको ब्यवहार देखेर शं का गरेका थिए । उनीहरुले आमालाई सोधे । एक जना साथीको बुवाले कान्छो छोरालाई बोलाएर आमाको बारेमा सुनाएका थिए । तेरो आमाले अर्कै पुरुषलाई भे’ट्ने गरेको हामीले देखेका छौं भनेर कान्छा छोरालाई सुनाइदिए, उनले आमालाई आएर सोधे आमाले छोराछोरीको क’सम खाएर त्यस्तो होइन भनेपछि छोराछोरीलाई पनि विश्वास लागेको बताए ।

आमालाई गाउँलेले शं’का गरेका पुरुष गाउँकै हुन् । बैंकको ब्यालेन्स सकेको र घरमा भएको गरगहना सबै लिएर गएको छोराछोरीले नै बताएका छन् । उनका श्रीमानले पनि अब उनी आफुसंग भन्दा अर्कैसंग खुसी हुने भए उतै जान भन्दै आफ्नो सम्पत्ती भने फिर्ता दिन आग्रह गरेका छन् । यदि श्रीमती फिर्ता आउन चाहे स्वीकार गर्ने पनि बताएका छन् । कहिले काँही त जि’वन नै सकि’दिउँ की जस्तो लाग्छ, उनले भने १२ वर्ष विदेशमा बसेर कमाएको सम्पत्ती पनि छैन श्रीमती पनि छैनन् । १२ वर्ष विदेशमा बसेका श्रीमानले जव अब म घर आउँछु पैसा पठाउन सक्दिन भनेर खबर पठाएपछि श्रीमान् घर आइपुग्नु पहिले नै श्रीमतीले घर छोडेकी छन् । उर्लावारी ४ आइतवारेका मोहनको यस्तो अवस्था भएको हो । उनको श्रीमती हराएको एक महिना हुन लागेको छ ।

दुखमा साथ दिएकी श्रीमती हो, घरमा पैसा नहुँदा कति दुख सहेकै हो तर अब घरमा भरीपुर्ण भएपछि किन ग ल्ती गरेर श्रीमती हिँडी, श्रीमानले के भन्ला भन्ने लागेको हो भने पनि म माफी दिएर स्वीकार गर्छु । समाजलाई पनि मैले नै सम्झाउँछु उनले आफ्नो पी डा पोख्दै सुनाए । उनले दुखमा साथ दिएकी श्रीमतीको साथ खोजेको बताए । हेर्नु’होस् भिडियो:-

५४० पटक हेरिएको

तपाईको प्रतिक्रिया