शनिबार ३० आश्विन २०७८

नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी । उनी अफ्रिकन हुन् । लकडाउनको समयमा नेपालमै थुनिएकी विउन्सी अहिले राम्ररी नेपाली बोल्न सक्ने भएकी छिन् । नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरु पनि उत्तिकै राम्रो लयमा गाउन जान्दछिन् । उनको बोली र गीतले सबैलाई आर्कषित गर्दछ ।

लकडाउनपछि नेपाली सांगीतिक क्षेत्रमा कुनै गीतले धुम मच्चायो भने त्यो हो, ‘फुलबुट्टे सारी’ । यो गीतले विश्वभरका नेपालीहरुलाई मन्त्रमुग्ध बनायो । तर, यो गीतले नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको पाइएको छ । युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएकी छिन् । युटुबमा उनको भिडियोलाई ४० लाख बढी पटक हेरिएको छ । टिकटकमा पनि उनको स्वर भाइरल भैरहेको छ । हे’र्नुहोस् भिडियो:-

४९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया