आइतबार ०७ आश्विन २०८०

काठमाडौ/ काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् ।
काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५ एन८) पुष्टि भएको हो ।

फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटीपीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले बर्डफ्लु पन्छीमा संक्रमण हुने एक प्रकारको भाइरस भएको भन्दै सचेत र सतर्क रहनुपर्ने बताए ।

उनले भने, ‘बर्डफ्लु भएको पन्छीको माछामासु खाँदा सर्ने सम्भावना रहन्छ । मासु खाँदा राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।’

कुखुरालगायतका पन्छीपालक कृषकदेखि ओसारपसार गर्ने, कुखुरा किन्न बजारमा घरीघरी गइराख्ने र कुखुरा मार्ने समूह उच्च जोखिममा रहेका हुन्छन् ।

चिकित्सकका अनुसार मासु खान मिले पनि बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियसमा मर्ने विभिन्न अध्ययनले देखाएको छ ।

पकाएको खानेकुरा १०० डिग्रीसम्म पुगेको हुनुपर्छ । गत केही दिन अगाडि छिमेकी देश भारतमा बल्र्डफ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुको आयातमा रोक लगाइएको थियो ।

काठमाडौंमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने पशु सेवा विभागले जनाएको छ ।(राजधानी दैनिक बाट)

१४८० पटक हेरिएको

तपाईको प्रतिक्रिया