
काठमाडौ/ सवारी साधन अनुमति पत्र लाइसेन्समा नयाँ नियम लागू हुने भएको छ । यो नियम दुई पांग्रे सवारी चालक अनुमतिपत्रको लागि हो । आगामी जेठ १ गतेवाट दुई पांग्रे सवारी साधनको लाइसेन्स लिन चाहनेले ७० अंक ल्याए पुग्ने भएको छ । यस अघि सय प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले जेठ १ गतेबाट लागू गर्ने भएको हो।
मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षा (ट्रायल)मा कम्तीमा ७० अंक ल्याए पास हुने भएको छ। अहिले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था छ।
यो अ’र्को समा’चार,
सरकार र थारुहट सङ्घ’र्ष समितिबीच वार्ता शुरु,बिहीबार पुनः बस्ने
गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र आन्दोल’नरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त सङ्घ’र्ष समितिबीच आजदेखि वार्ता शुरु भएको छ । गृह मन्त्रालयमा आज भएको पहिलो चरणको वार्तामा दुवै वार्ता टोलीबीच आआफ्नो धारणा राख्ने काम भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । उनका अनुसार आजको वार्ता बिहीबार पुनः बस्ने गरी सकारात्मक रुपमा टुङ्गिएको छ ।
गृहमन्त्री थापाको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन् । थरुहटका तर्फबाट रुक्मिणि चौधरीको संयोजकत्वमा रहेको वार्ता टोलीमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सहभागी छन् ।
आन्दो’लनरत पक्षले टिकापुर घट’नामा थारु कल्याणकारीसभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायत माथि लगाइएको मु द्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दो’लनको क्रममा मारि’एकालाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राख्दै आएको छ ।