शनिबार २३ मंसिर २०८०

काठमाडौ/ नेकपा एमालेकी नेता रामकुमारी झाँक्री अहिले चर्चित नेता हुन् । उनले दिएका अभिब्यक्ति विवा’दित बन्ने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी’विरुद्ध निकै आ क्रा मक रुपमा प्रस्तुत हुने झाँक्री नेताद्वय माधवकुमार नेपाल र भीम रावलालई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेपछि थप रिसा’एकी छन् ।

उनले संधै झै यस विषयमा प्रतिकृया सार्वजनिक गरेकी छन् । नेपाल पक्षका दोस्रो तहका नेताहरुले पनि ओलीको यो कदमको विरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरूले विरोध जनाइरहेका छन्। यसै क्रममा नेत्री रामकुमारी झाँक्रीले अरूलाई अप’मान र कार’बाही गर्नु कमजोरहरूको अन्तिम अ स्त्र भन्दै कार’बाही गर्ने पक्षलाई चेता’वनी दिएकी छन्।

सांसदसमेत रहेकी नेत्री झाँक्रीले नेताद्वय नेपाल र रावललाई निलम्बन गरिएको दिन सोमबार राति सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमजोरहरूको अन्तिम अ स्त्र हो– जोडले चिच्याउने, गा ली गर्ने, अरूलाई तल देखाउने र कार’बाही गर्ने। हेक्का होस्– पृथ्वी गोलो छ।’

पार्टी’विरोधी गतिविधि गरेको तथा ‘कारबाही’योग्य’ स्पष्टीकरण दिएको आरो’पमा अध्यक्ष ओलीले नेताद्वय नेपाल र रावललाई कारबाहीस्वरूप अध्यक्ष ओलीले ६ महिनाका लागि एमालेको साधारण सदस्यताबाट निलम्बन गरिएको घोषणा गरेका हुन्। अझै ‘नसच्चिए’ थप कार’बाही गरिने चेता’वनी उनले दिएका छन्।

यता राजनीतिक विश्लेषक मुमाराम खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र अर्का नेता भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी ६ महिनासम्म निलम्बन गरेको घट्ना’लाई प्रतिक्रियामात्रै भएको बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले केन्द्रबाट कारबाहीको प्रक्रिया सुरु गरेको र उनको यो कदम सफलतातर्फउन्मुख रहेको टिप्पणी गरे । विश्लेषक खनालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराईबीच पनि एकता हुने सनसनीपूर्ण खुलासा गरे । उनले एमाले पनि फुट्ने नै जिकिर गरे । उनले अब एमालेभित्र माधव नेपाल समूहको भविष्यको कुरा गर्दा राजनीतिक कार्यदिशा बनाउन सक्दा त्यति खराब नहुने पनि दाबी गरे ।

१७४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया