आइतबार १७ मंसिर २०८०

काठमाडौ/ सामान्यतया, तपाईंले विवाहमा बेहुली बिदाईको समयमा आमा वा बुबालाई अँगालो हाल्दै दुलही रोएको देख्नु भएको थियो। तर अहिले एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ जहाँ एक वेहुली आफै गाडी चलाएर वेहुलालाई लिएर घर हिडेकी छन् । यो भिडियो भारतको हो । कोलकातामा विवाह पछि विदाईमा के भयो देखेर सबै चकित् भएका छन् ।

विवाहमा जव विदाई भयो वेहुली फुलले सजाएको कारमा ड्राइभरको सिटमा बसेकी छन् । हाँस्दै उनी कार चलाएर वेहुलाको घर पुगेकी छन् । वेहुलीसंगै उनका वेहुला ड्राइभरको सिट नजिकै वेहुलीसंग बसेको देख्न सकिन्छ । अहिले यो भिडियो सोशल मिडियामा भइरल भइरहेको छ।

विदाई पछि, दुलहीले कोलकातावाट वेहुला लिएर उनको घरमा पुगेकी छन् । यो भिडियो हेरेर दर्शकहरुले उनको निकै तारिफ गरेका छन् । परम्परागत मान्यतालाई तो डे को भन्दै उनको तारिफ भइरहेको छ । वेहुलीको धेरैले प्रशंसा गरिरहेका छन्। यो भिडियो शेफ स्नेहा सिंघीले इंस्टाग्राममा साझा गरेकी थिइन् । भिडियो जसले सार्वजनिक गरेकी हुन् उनी आफै वेहुली हुन् । भिडियो क्लिप साझेदारी गर्दै, उनले लेखिन्, वास्तवमा यो मजेदार थियो ।

भिडियोमा जुन सोशल मिडियामा लगातार भाइरल भइरहेको छ, स्नेहा र उनको दुलही एक कार मा बसेर देखिन्छ । यद्यपि स्नेहा ड्राइभरको सीटमा बसेकी छन् र उनका पति ड्राईभरको साइड सीटमा बसेको देखिन्छ । उनले पुरानो भारतीय परम्परागत भूमिकालाई तो डे को भन्दै प्रशंसा गरेका छन् ।

उनी मुस्कानका साथ कारमा चढ्छिन्, ड्राइभर सिटमा बस्छिन् र साइडमा वेहुलालाई राखेर कार चलाउँछिन् । उनी मूस्कुराउँदै वेहुलाको घरमा पुग्छिन् । भिडियोमा दुलहा र दुलही दुबै उनीहरूको परम्परागत विवाहको पोशाकमा देखिन्छन्।

स्नेहा कार स्टार्ट गर्छिन् र सबैलाई हाँस्दै विदाईको हात हल्लाउँछिन् । भिडियोको पृष्ठभूमिमा निकै रोमान्टिक गीत वजिरहेको हुन्छ । भिडियोमा दुलहा र दुलही दुबै परम्परागत विवाहको पोशाकमा देखिन्छन्।

एल।स्नेहाको यो भिडियो अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि निकै शेयर गरेका छन् । उनलाई एक प्रेरणादायी महिलाको रुपमा ब्याख्या गर्दै सामाजिक सञ्जालमा चर्चित बनाईएको छ । भिडियो साझेदारी भएदेखि यो इन्स्टाग्राममा मिलियन भन्दा बढी पटक हेरिएको छ। पोष्टले एक मिलियन भन्दा बढी लाइकहरू पनि पाएको छ । हेर्नु’होस् भिडियो:-
भिडियो हेर्नका लागि यहाँ थिच्नुहोस्

१४७० पटक हेरिएको

तपाईको प्रतिक्रिया