आइतबार १७ मंसिर २०८०

काठमाडौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले अगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन्। उनले कति भत्ता बढ्छ भन्ने कुरा भने खुलाएका छैनन् । मंगलबार रिपोर्टर्स क्लबको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका हुन्।

‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ति लाग्ला। सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ उनले भने।
उनले यो कुरा सुनेर केही मान्छेहरुलाई भरेबाटै निद्रा नलाग्ने, छट्पटी सुरु हुने आरोप लगाए।

उनले एकता भन्ने शब्दको हुर्मत प्रज्ञा भवनको डबलीमा बसेर लिईएको भन्दै आलोचना गरेका छन् । देश संक’टमा नपरेको बरु राजनीतिक दलका नेताहरु भने संक’टमा परेको उनको जिकिर छ । बरु, केपी ओली, प्रचण्ड र माधव नेपाललाई सं’कट परेको होला तर देशलाई सं’कट परेको छैन, उनले भने ।

उनले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपनि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुने बताएका छन् । उनले निर्वाचनका कारण लोकतन्त्र खत’रामा पर्यो भन्नेहरु अप्ठेरोमा परेको टिप्पणी गरेका छन् । उनले सम्बोधनको क्रममा भने,चुनाव भएर लोकतन्त्रलाई खत’रामा पार्छ भने अब २० महिनामा त चुनाव नै हुन्छ नि । तालसुरमा कुरा गर्नुपर्छ मान्छेले ।’

उनले प्रतिनिधिसभा विघटनको सिफारिश अदालतले बदर गरेको उल्लेख गर्दै आफू कुनै आ’वेश र उत्तेजनामा नआएको स्मरण गराए । उनले अदालतको फैसलालाई आफूहरुले मान्ने र कार्यान्वयन गर्ने पनि सुनाए । संसद् पूनःस्थापना हुँदा अदालतलाई गुणगान गर्दै अविर जात्रा गरेको भन्दै प्रचण्ड र माधव नेपालतर्फ ईंगित गर्दै पछि उनीहरुले नै फेरि अदालतको आदेशको आलोचना गरेको पनि उनले टिप्पणी गरे ।

५९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया