
काठमाडौ/ गुल्मी र बाग्लुङको संगमस्थलमा पर्ने दर्लिङमा भएको घट’नामा दुई जनाको श’व फेला परेको छ । महिलालाई रंग दल्न थाल्दा घ’टना भएको प्रारम्भिक अनुस’न्धानवाट खुलेको छ । सो क्षेत्रमा हरेक वर्ष होलीको समयमा युवाहरुको जमघट हुन्छ ।
आइतबार बडिगार्ड गाउँपालिका–१०, दर्लिङमा तीनै वटा जिल्लाका युवा भेला भएका थिए । अपरान्ह ३ बजेपछि त्यहाँ एकाएक अशा’न्ति मच्चि’एको स्थानीयको भनाई छ । जिल्ला प्र’हरी कार्यालय, बाग्लुङले गरेको प्रारम्भिक अनुसन्धान अनुसार लिसी खोलाका युवाले दर्लिङका युवतीलाई रङ लगाइदिएपछि वि’वाद सुरु भएको थियो । मा द क पदार्थ से व न गरेका युवाहरु उ’ग्र भएका थिए ।
त्यसक्रममा लिसी खोलाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई श’ख्त घा’इते भएका थिए । धकेला’धकेल गर्दै गर्दा दुवै जना भिर’बाट चार सय मिटर त’ल खसे’को पाइएको जिल्ला प्र’हरी कार्यालय, बाग्लुङका डीएसपी एकवल हवारीले बताए । घा’इते उनीहरु नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य प्रकाश कुँवर र कांग्रेसका क्रियाशील सदस्य दीपक परियार रहेको निसीखोला गाउँपालिका वडा नम्बर ७ अध्यक्ष तेजेन्द्र कुँवरले जानकारी दिए ।
उनका अनुसार प्रह’रीले आइतबार साँझै दुवै जनालाई उ’द्दार गरेर अस्पताल लैजाने प्रयास गरेको थियो । तर, बाटोमै दुवैको मृ’त्यु भएको उनले बताए । नेपाली कांग्रेसले यो घट’ना योजनाबद्ध भएको भन्दै दोषी’लाई अवि’लम्ब प’क्राउ गरेर छानविन अघि बढाउन भनेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै घट’नाको छानविनको माग गरेका छन् । कांग्रेसका अनुसार घट’नामा संलग्न माओवादी कार्यकर्ता हुन् । तर, प्रह’रीले भने यो घट’नामा राजनीतिक नजोडिदिन भनेको छ ।