शुक्रबार २२ मंसिर २०८०

काठमाडौ/ सामाजिक सञ्जालमा भाइरल भएकी एक संघर्षशिल महिला अब म्युजिक भिडियोमा पनि देखिने भएकी छन् । सानो सन्तानलाई पिठ्युमा बोकेर विहानै ३ वजे देखि काममा खटिएकी महिलाका बारेमा युट्युववमा भिडियो सार्वजनिक भएपछि उनी भाइरल भएकी थिइन् ।

श्रीमानले छोडेर गएपछि सानो सन्तानलाई हुर्काउन उनले गरेको संघर्ष निकै प्रेरणादायी छ । उनको त्यही संघर्षको कारण भाइरल भएकी थिइन् । अहिले उनलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिलेको छ । उनको काम अनुसारको भूमिका रहेको कलाकारहरुले बताएका छन् । उनलाई म्युजिक भिडियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्रस्तुत गरिएको छ ।

पाँच महिनाको प्रेम पछि उनले विवाह गरेकी थिइन् । तर जिवन उनले सोचे जस्तो भएन । श्रीमानले छोडेर गएपछि उनको जिवन निकै कठिन भयो । प्रेम गरेर विवाह गरेका श्रीमानले अप्ठेरोमा पारेर गए ।

तर सन्तानलाई त हुर्काउनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो । श्रीमान सुनधारामा बस्ने गरेको र ठेक्काको काम गर्ने गरेको उनले बताइन् । कहिले काँही फोन त गर्थे तर कहिल्यै माया देखाएनन् ।

श्रृष्टि तामाङ पिठ्युमा २ वर्षको छोरा बोकेर ग्वार्खोमा राती ३ वजे देखि नै काममा लाग्ने उनको दैनिकी छ । तर सामाजिक सञ्जालमा उनले गरेको त्यो काम सार्वजनिक भएपछि भाइरल भएकी छन् ।

उनले आफ्नो यसरी चर्चा होला भन्ने कल्पना पनि नगरेको बताएकी छन् । आफ्नो माइती छोडेर जसलाई जिवनभर साथ दिन भनेर आएकी श्रृष्टिलाई बिच वाटोमै उनका श्रीमानले छोडेर हिडेका थिए । अहिले उनी आफ्नो चर्चा देखेर आफै छक्क परेकी छन् । उनलाई अफर गर्दा सहर्ष स्वीकार गरेको भन्दै अन्य कलाकारहरुले पनि निकै प्रशंसा गरेका छन् । हे’र्नुस् भिडियो:-

८५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया