
गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । उनको नीजि जीवनबारे जान्ने इच्छा धेरैलाई हुनसक्छ । जान्ने इच्छा हुनुपनि अस्वभाविक होइन । किनकी ज्योति एक ‘चर्चित’ गायिका हुन् । उनका हजारौं समर्थक छन् ।
लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चामा हुन्थिन् । त्यसैले त ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ उनी आफ्नो छवि परिवर्तन गर्न मात्र शोमा उनी सहभागी भएको आरोप पनि लाग्यो । उनी भने आफुमा रहेको बहुमुखी प्रतिभा प्रस्तुत गर्न शोमा सहभागी भएको बताउँछिन् ।
यसैबीच, ज्योतिको विवाह भएको होला नहोला ? उनले यो प्रश्नको सामना कयौं ठाउँमा गरेकी छन् । उत्तर भने स्पष्ट रुपमा दिएको सुनिदैंन । आज भने उनले सबैलाई प्रष्टरुपमा यसको जवाफ दिएकी छन् । ज्योतिले आफ्नो विवाह नभएको बताएकी हुन् । बाँकी हे’र्नुस् तलको भिडियोमा:-