
काठमाडौं/ माछा मा’रेर परिवार पालिरहेका तामाकोसी गाउँपालिका–१ भिरकोट दोलखाका लछुमन माझी वि’रुद्ध ५ करोड ५६ लाख कर छ’लीको मु’द्दा लागेको छ। उनका छिमेकी पनि आफूमाथि कस्तो मु’द्दा लाग्ने हो भनेर भय’भीत छन् । भूकम्प पीडितका नाममा १० देखि ३० हजार राहत दिएर उनीहरूको नागरिकता संकलन गरिएको थियो।
तर, त्यही नागरिकताका आधारमा कम्पनी खोलेर अर्बौँ कारोबार गरी करोडौँको राजस्व छ’ली भएको छ । यस्तै गिरो’हले बाराका विपन्न दलितका नाममा कम्पनी खोलेर एक अर्ब चार करोड राजस्व छ’ली गरेको थियो । भूकम्पबाट अतिप्रभावित दोलखामा जेठ–असार ०७२ मा राहत दिने भन्दै गिरो’हले तामाकोसी किनारको माझीबस्तीबाट नागरिकता संकलन गरेको थियो।
तामाकोसी भिरकोटका लछुमनले पनि नागरिकता दिएका थिए । तर, करिब साढे पाँच वर्षपछि गत मंसिरको अन्तिम साता उच्च अदालत पाटनबाट म्याद तामे’लीको पत्र आयो । राजस्व अनुसन्धान विभागले उनी ‘विरु’द्ध मु’द्दा दा’यर गरेको थियो । अदा’लतको पत्रमा लछुमनको नाममा रहेको पिआरके ट्रेड इन्टरनेसनल कम्पनीको स्थायी लेखा नम्बर ६०५४२८२७२ बाट कर छ’ली गरेको उल्लेख भए पनि रकम खुलाइएको थिएन।
१५ दिनभित्र अदा’लतमा उपस्थित हुन भनिएको थियो । दिनभरि माछा मा’र्नमै व्यस्त रहने निरक्षर लछुमनले राजस्व छले’को पत्र आएपछि गाउँ नै अचम्ममा प¥यो । निरक्षर उनको पत्रसमेत अरूले पढिदिए । उनले कर छ’लेको भनेर पाटन उच्च अदालतमा मु’द्दा परेको थाहा पाएपछि पूरै गाउँ आश्चर्यचकित प¥यो । छिमेकी र स्थानीय जनप्रतिनिधिले पत्रबारे आन्तरिक राजस्व विभागमा बुझेपछि गाउँले थप चकित बने।
किनकी लछुमनको कम्पनीले ५ करोड ५६ लाख कर छ’ली गरेको विभागबाट बताइएको थियो । ‘दिनको दुई सय कमाउन धौ–धौ भएका हामीले सरकारको त्यत्रो पैसा हिना मिना गरेको सुनेपछि त हामी छाँगाबाट खसेझैँ भयौँ,’ लछुमनकी पत्नी मिठुले भनिन् ।
भूकम्पपीडितको रूपमा राहतका नाममा उनीजस्तै अरू सातजनाले पनि गिरोह’लाई नागरिकता दिएका थिए । हुन पनि लछुमनले उनको भनिएको कम्पनीको नामसमेत पहिलोपटक सुनेका थिए । यो खबर आ’जको नयाँ पत्रिका दैनि’कमा दोलखाबाट श्याम खतिवडाले ले खे का छन्।