
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटवार्ता भएको छ । छलफलका लागि आईतबार प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा वालुवाटार पुग्नु भएको थियो । उहाँहरुबीच दुई घण्टा भन्दा बढी छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।
आईतबारको भेटवार्तामा सभामुख सापकोटा र प्रधानमन्त्री ओलीबीच संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको बताइएको छ ।
त्यस्तैगरी सभामुखले वर्तमान राजनीतिक परिस्थितिका बारेमा सर्वदलीय बैठक बोलाउनेबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको पनि बताइएको छ ।
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रतिनिधि सभाको विघटन सहि भएको प्रमाणित गराउन प्रधानमन्त्री ओलीले संसदलाई बिजनेस नदिएको भन्दै आलोचना गर्दै आएका थिए ।
केहिदिन अघि सभामुख सापकोटाले एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीलाई भेट्न अफूले समय मागेको बताउनु भएको थियो । प्रतिनिधि सभाको विघटनपछि प्रधानमन्त्री र सभामुखबीच विवाद उत्पन्न भएको थियो ।
त्यसयता प्रधानमन्त्री र सभामुखबीच एक्लाएक्लै भेटवार्ता हुनसकेको थिएन ।