शनिबार ११ चैत्र २०७९

काठमाडौँ/ पूर्वयुवराज पारस शाहलाई नागरिक अभिनन्दन गरिने भएको छ। आगामी १८ चैतमा सप्तरीमा धार्मिक भ्रमणमा आउने तय भएको पूर्वयुवराज पारसको नागरिक अभिनन्दन गरिने भएको हो ।

राम हनुमान आराधना मण्डल तथा २०४७ को संविधान पुनस्र्थापना हाम्रो अभियान नामक संगठनले संयुक्त रुपमा नागरिक अभिनन्दन गर्ने भएका हुन् ।

यसका लागि डा. देवनारायणको संयोजकत्वमा ५ सय १ सदस्यीय मुल समारोह समितिसमेत गठन गरिएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । यो समाचार आ’जको राजधानी दैनि’कमा छ ।

११९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया