
कञ्चनपुर/ कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उप’चारका क्र’ममा महाकाली अस्पतालमा मृ’त्यु भएको छ ।
जिल्ला प्र’हरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी स’मस्या देखिएपछि उप’चारका लागि अस्पताल पु¥याइएको थियो ।
घाँटीमा मासु अ’ड्केर बे’होस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘उपचारका क्र’ममा राति मृ’त्यु भयो ।’
उनले श’व परीक्षणपछि मृ’त्युबारे विस्तृत जानकारी हुनेसमेत बताए । श’व महाकाली अस्पतालमा राखिएको प्रह’रीले जनाएको छ । ‘वडाध्यक्षसहित आठ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएको भनिएको छ,’ थापाले जानकारी दिए ।