
ब्रसेल्स/ नेपाल पत्रकार महासंघ यूरोप शाखाको अध्यक्षमा प्रेम परियार (नर्वे) र महासचिवमा द्रोण रिजाल (नेदरल्यान्ड) चयन भएका छन् । शाखाको मार्च २६ तारिख (शुक्रबार)का दिन सम्पन्न निर्वाचनले सर्वसम्मत परियारको नेत्रित्वमा कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षहरुमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइवी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवहरुमा महिन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन् ।
यसैगरी, सदस्यहरुमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर (सन्जु) काउचा, रमेशराज बास्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु रहेका निर्वाचन समितिले जनाएको छ ।
शाखाको संरक्षकहरुमा वरिष्ठ पत्रकारहरु पुष्प बरुवाल, पन्चम अधिकारी र राजकुमार दिक्पाल रहेका छन् । शाखाको नयाँ कार्यसमिति निर्माणका लागि निर्वाचन समिति संयोजक तथा केन्द्रीय उपाध्यक्ष राजेश चाम्लिङ, सदस्य सचिव डा. उदयदेव आचार्य र सदस्य किशोर सुब्बा रहेका थिए ।
त्यस्तै, अधिवेशन सम्पन्न गर्नका लागि बेलायत शाखाका पूर्व अध्यक्ष तथा ब्रिटेन नेपाल डट कमका सम्पादक समेत रहेका केन्द्रीय प्रतिनिधि चिरन शर्मा रहेका थिए । पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष तथा अधिवेशनका परिवेक्षक नरेश खपाङ्गी मगर, शाखाका सल्लाहकारद्वय पुष्प बरुवाल र पञ्चम अधिकारीको विशेष उपस्थिति रहेको थियो ।
पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशनको उद्घाटन फेब्रुअरी २० का दिन सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङ, यूरोप महादेशमा रहेका बिभिन्न देशका राजदूतहरु, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रीय प्रतिनिधिलगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।