शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब धेरै लामो समयसम्म ओली सरकारलाई दिएको समर्थन राखी राख्न नसक्ने बताउनुभएको छ ।

शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘नागरिकको प्रश्न, नेताहरूको जवाफ’ डबली कार्यक्रममा बोल्दै नैतिक रुपमा आफूले ओली सरकारलाई दिएको समर्थन दिइरहन नसक्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘म धेरै समयसम्म यो सरकारलाई दिएको समर्थन राखी राख्न सक्दिन । नैतिक रुपमा म समर्थन फिर्ता लिन सक्छु । राजनीति जता गए पनि जाओस् ।’

कार्यक्रममा मन्तव्य राख्नुअघि नागरिक आन्दो’लनलाई विशेष धन्यवाद दिनुभएको थियो । गतिरोधमा फस्न खोजेको राजनीतिलाई फस्नबाट बचाउनुभएको छ इतिहासको खास खास काल खण्डमा नागरिक आन्दोलनको साथ रहेको उहाँले बताउनुभयो ।

संसद पुनस्र्थापना पछि प्रधानमन्त्रीले राजिनामा दिन्छन् भनेर आफूहरुले सोचेपनि त्योभन्दा विपरीत भएको अध्यक्ष प्रचण्डले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘संसद पुनस्र्थापना पछि प्रधानमन्त्रीले राजिनामा दिन्छन् र राजनीति सही ढंगले अघि बढ्छ । यस बीचमा थोरै रिल्याक्स गर्यौँ । तर, दोस्रो विषयमा गम्भीर गल्ती गर्यौँ । एक पछि अर्काे डिजाइन हामीले पनि गर्नुपथ्र्याै । डिजाइन अर्काेतिर गयो ।’

साथै, अदालतको दुई जना न्यायाधीशले अस्वभाविक र अप्राकृतिक रुपमा फैसला गरेकोप्रति आफूहरुले गम्भीरतासाथ हेरिरहेको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले अदालतको फैसला मानेको छौँ तर, जब’र्जस्ती ढंगले ।’

४९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया