आइतबार ०७ आश्विन २०८०

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित बृहत् नागरिक आन्दोलन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केही हप्ता दिनमै मिलेर नयाँ सरकार बनाउन र त्यसको नेतृत्व गर्नुस् भन्दै प्रस्ताव गर्नु भयो ।

नागरिकहरुको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी मिलौँ र नयाँ सरकार बनाऔँ । त्यसको नेतृत्व तपाइँले गर्नुस्।’

अध्यक्ष प्रचण्डले अध्यक्ष ठाकुरलाई ओलीकोमा धाइरहनुको साटो आफैँ सरकारको नेतृत्व गरेर आफ्नो माग पूरा गर्न सुझाव दिनुभयो । अध्यक्ष प्रचण्डले आफूले पनि संविधान संशोधनका लागि पटक पटक संसदमा प्रस्ताव लगेको तर ओलीले नै अस्वीकार गरेको बताउनु भयो ।

६४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया