मंगलबार ०९ आश्विन २०८०

खोटाङ/ प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको र’क्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताउनुभएको छ ।

स्थानीय प्रशासनले कोदोको र’क्सी ज फ त गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लाग्नुभएका मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै साना उद्योगका रूपमा रहेको कोदोको र’क्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको र’क्सी प्रह-रीले ज फ त गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गर्नुभएको थियो । मन्त्री राईले पदभार ग्रहण गर्नुभएलत्तै फेसबुकमा लेख्नुभएको स्टाटसमा नेपाली जनताको परिवर्तनका लागि सामाजिक मुक्ति आन्दो’लनमा आफ्नो यात्रा अविचलित रहिरहने पनि बताउनुभएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मनुभएकी मन्त्री राईले मन्त्रीको पदभार ग्रहण गर्नुभएपछि जन्मदिने आमाबुबा तथा खोटाङे जनतालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

७७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया