
काठमाडौं/ राहदानी विभागले तत्काल आवश्यक नभई केही दिनका लागि पासपोर्टको काम नगर्न सुझाव दिएको छ । पासपोर्ट बनाएर घरमा राख्नका लागि हो भने केही दिन पर्खन आग्रह गरेको हो । तत्काल आवश्यक पर्ने अवस्थाकाले मात्र राहदानी बनाउन भनिएको छ । तत्काल विदेश जान नपरेकाले धेरैको पासपोर्ट नवीकरण गर्नुपरेको विभागले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ,’ चालक अनुमति पत्र जस्तै समय अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभई नयाँ बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बेला जुनसुकै समय बनाउन सकिन्छ।‘
विभागले निकट भविष्यमा इ-पासपोर्ट जारी गर्ने भएको बताएको छ। भरपर्दो र सुरक्षित पासपोर्ट हुने पनि बताइएको छ। तत्काल नयाँ प्रकृतिको पासपोर्ट दिनुपर्ने भएकाले आवश्यक पर्दा बाहेकलाई अहिले राहदानी नबनाउन आग्रह गरिएको हो ।