बिहिबार ११ आश्विन २०८०

काठमाण्डौ/ कुनै सुन्दरी युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ । एक युवतीलाई सहयोग गर्ने भन्दै लिफ्ट दिँदा सिन्धुली कमलामाई नगरपालिका २ का भोलाबहादुर जर्घामगरले नसोचेको घ’टना भोग्नु परेको छ ।

सिन्धुली कमलामाई नगरपालिका २ का भोलाबहादुर जर्घामगरलाई एक युवतीले मागेपछि उनले उक्त युवतीलाई लिफ्ट दिए । युवतीले आफुलाई कलंकी जानु पर्नुेभन्दै लिफ्ट मागेको हुनाले र भोला बहादुरलाई पनि कलंकी नै जानु पर्ने हुनाले बाटो र पुग्ने ठाउँ एउटै भएपछि भोलाले ती युवतीलाई आफ्नो मोटरसाईकलमा बसाले ।

यो गत साउन ८ गतेको कुरा हो । जतिबेला भोला काठमाण्डौको रत्नपार्कमा थिए । सोही रत्नपार्कबाट युवतीले कलंकी जानकोलागी लिफ्ट मागेकी थिईन् । रत्नपार्कबाट भोलाले ती युवतीलाई कलंकी पुर्याइदिए । कलंकी पुर्याई दिएपछि आफ्नो मोटरसाईकलबाट झर्न भनेका भोलालाई ती लिफ्ट माग्ने युवतीले कलंकी नभई चोभारसम्म पुर्याई दिन फेरी अनुरोध गरिन् । भोला साँच्चैको भोला रहेछन् ।

उनले ती युवतीलाई अप्ठ्यारो नै परेको होला भन ठानेर चोभारसम्म पुर्याए । जब भोला ती लिफ्टेड युवतीलाई लगेर चोभार पुगे तब ती युवतीले आफुलाई अन्य दुई जना युवा भएको ठाउँमा मोटरसाईकल रोक्न भनिन् । भोलाले ती युवतीको कुनै दाजुभाई वा साथीहरु होलान् भन्ने लागेर ती दुईजना युवक भएको ठाउँमा मोटरसाईकल रोक्दा भोलालाई तिनीहरुले आफ्नो नियन्त्र’णमा लिए । उनीहरूले भोलाको साथमा रहेको ६ तोला सुनको सिक्री, मोबाइल, चश्मा र सात हजार रुपैयाँ पनि लु टे ।

आफु लुटिएपछि भोला महानगरीय अपराध महाशाखामा उजुरी गर्न गए । त्यही उजुरीको आधारमा महाशाखाले एक जनालाई प क्रा उ गरेको छ । प क्रा उ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका ३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठ रहेको महाशाखाले जनाएको छ । घट’नामा संलग्न युवती र अन्य व्यक्तिहरूको खोजी भइरहेको परिसर प्रमुख एसएसपी दीपक थापाले बताए । प क्रा उ परेका श्रेष्ठलाई आवश्यक कार’बाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाइएको उनले बताए ।

१८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया