आइतबार १२ चैत्र २०७९

काठमाडाैं/ प्रह’रीले नक्क’ली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प क्रा उ गरेको छ । महानगरीय प्रहरी’वृत्त कालिमाटीबाट खटिएको प्र ह री टोलीले नक्क’ली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई प क्रा उ गरी बिहीबार सार्वजनिक गरेको हो ।

महानगरीय प्रह’री परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतले नक्क’ली नोट बोकेका व्यक्ति कलङ्की तरकारी बजारमा तरकारी किन्न आएको सुरा’कीका आधारमा बुधबार राति प क्रा उ गरिएको जानकारी दिनुभयो ।

प क्रा उ परेका व्यक्तिले कीर्तिपुरको एक घरमा प्रिन्टर मेसिनसमेत राखेर नक्क’ली पैसा छाप्ने गरेको अनुसन्धानमा खुलेको छ । उनीहरूबाट प्रह’रीले एक हजार दरको ५१ थान, ५०० दरको ५७ थान, १०० दरको दुई थान, प्रिन्टर एक थान, फोटोकपी पेपर, पेपर कटर एक थान, ल्यापटप एक थान, मोबाइल एक थान बरा’मद गरेको छ । प क्रा उ परेका दुवैसँग आवश्यक अनुसन्धान भइरहेको प्रह’रीले जनाएको छ । (news24 nepalबा’ट)

२९० पटक हेरिएको

तपाईको प्रतिक्रिया