शुक्रबार १७ चैत्र २०७९

काठमाडौँ/ नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा अब नयाँ फिल्मको तयारीमा लागेकी छिन् । केही महिनादेखी आफ्नो मोटो शरिर स्लिम बनाउनमा लागेकी रेखाले फिल्मकै लागि तौल घटाएकी छिन्।

निकै कडा मेहनेत गरेर उनले केही महिनामै २० किलो आफ्नो तौल घटाएकी छिन् । उनले आउँदो बैशाखदेखि होमप्रोडक्सनमा निर्माण हुने फिल्मलाई छायांकनमा लैजाने बताएकी छन् । ट्रेनर विज्जु पार्कीसँग अभ्यास गरेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

रेखाले आफ्नै निदैशनमा फिल्म निर्माण गर्दैछिन् । उनले एक्सनवाला फिल्म निर्माण गर्ने बताइएको छ । उनले अहिले आफ्नो नयाँ फिल्मका लागि कडा मेहनत गरिरहेकी छिन् ।

कोरोना संक्रमणको बेलामा जिम जान जोखिम हुने हुनाले उनले घरमै दैनिक व्यायम गर्दै आइरहेकी छिन् । केही समयदेखी हेर्नुहोस तस्बिरहरु

११८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया