शनिबार ११ चैत्र २०७९

स्याङ्जा/ स्याङ्जाकी गीता तिवारीको विवाह २०७१ सालमा धुमधामसँग भएको थियो । उनका श्रीमान् वाजा वजाएरै उनलाई बेहुली बनाउन आएका थिए । विवाह गरेर दिपकराज तिवारीले गीतालाई ल्याएका थिए । विवाह गरे पछि उनी विदेश गएका थिए । विदेशमा पनि उनको श्रीमानको ब्यवहार राम्रो थिएन । अरुसँगै बस्ने गर्न थालेको उनले थाहा पाएकी थिइन् ।

तर एक वर्ष पछि उनी विदेश छोडेर घर आए । उनी घर आएपछि छोरा दिप्सन तिवारी जन्मिए । छोरा अहिले ५ वर्षको हुँदैछन् । घरमा आएपछि पनि छोराको बुवा भएर पनि उनको ब्यवहार सुध्रिएन । गाउँका युवतीलाई वहिनी समेत भन्थेनन् । त्यस्तो थाहा पाएर पनि उनले श्रीमानको इज्जत भनेको आफ्नो नै हो भनेर चुप लागेर बसिन् ।

केही भन्न सकिनन् । जुन युवतीसंँग आफ्नो श्रीमान् नजिक भएका थिए । ती युवती पुर्वकी थिइन् । उनले आफु दिपकको श्रीमती भएको र आफुहरुको एक सन्तान पनि भएकाले दिपकको पछि नलाग्नु भनेर फोनमा सम्झाएको बताइन् ।

उनी फेरी भारत गए । कमाउनका लागि भारत गएका उनका श्रीमान सरु तिवारी भन्ने नाम गरेकी युवतीसँग नजिकीएको थाहा पाए । उनले यो सरु तिवारी भन्ने को हो ? भनेर प्रश्न गर्दा मेरो बहिनी हो भनेर जवाफ दिए । तर उनलाई त्यो विश्वास लागेन । उनले अब म घर आउँछु भनेका थिए तर घर आउँछु भनेको १५ दिन अघि नै उनले श्रीमती गीतालाई फेसवुकमा ब्लक गरेका छन् ।

अहिले आफ्ना श्रीमान विवाहित महिला लिएर बैंग्लोरमा गएर बसेको आफुले थाहा पाएको बताएकी छन् । महिलाका पनि तीन सन्तान रहेको र उनीहरु सबैलाई लिएर श्रीमान् हिँडेको आफुले थाहा पाएको बताइन् । घरमा वृद्ध सासु र माइतमा पनि बृद्ध आमाबुवा भएको उनको भनाई छ । दुई दाजुको एक्लै बहिनी आफु भएकाले कहिल्यै माइतमा पनि दु:ख नगरेको उनको भनाइ छ । हे’र्नुहोस् भिडियो:-

३६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया