
पोखरा/ विद्यार्थी र शिक्षकलाई को’रोना संक्र’मण देखिएपछि लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित भएको छ ।
क्याम्पस प्रशासक खेम बहादुर पुलामीका अनुसार ७७ विद्यार्थी र २ जना शिक्षकलाई को’रोना देखिएपछि पहिलो चरणको परीक्षा रोकिएको हो । उनले भने, ‘स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा पोस्टपेन्ट गरिएको छ, चौँथो वर्षको चाहिँ भोलिबाट सुरु हुँदै छ, प्रशासनहरु सबै खुलेकै छ ।’
शंका लागेपछि एक विद्यार्थीले पीसीआर परीक्षण गर्दा कोरो’ना पोजि’टिभ देखिएको थियो । त्यसपछि चैत २ गते १९ जनाको पिसिआर गर्दा ७ जनामा देखिएको पुलामीले जानकरी दिए । त्यस्तै ३ गते ११९ जनाकाे पिसिआर गर्दा ३२ जना, ७ गते गर्दा ६ सय १३ जनाकाे पिसिआर गर्दा ३५ जनामा काेराेना पाेजेटिभ देखिएकाे उनले बताए । त्यसपछि ५९ जनाकाे र ४० जनाकाे पिसिआर गर्दा १/१ जनामा काेराे’ना पाेजे’टिभ देखिएकाे पुलामीले जानकारी दिए ।
संक्र’मित विद्यार्थीहरू अहिले क्याम्पसभित्रकै आइसोलेसनमा छन् । उनीहरूलाई क्याम्पसले खाने बस्नेदेखि अन्य व्यवस्थापन गरेको छ । अरू हो म आइसो’लेसनमा छन् ।
परीक्षा स्थगित भएपछि रिपोर्ट नेगे’टिभ आएकालाई घरमै बस्न भनिएकाे पुलामीले बताए । उनले भने, ‘संक्रमित विद्यार्थीहरू क्याम्पसभित्रकै होस्टेलमा आइसोलेसनमा ब्लक बनाएर राखेका छौँ । नेगेटिभ आएकाहरुलाई सुरक्षित तरिकाले बस भनेर आ आफ्नो घर पठाएका छौँ ।’
अहिले उनीहरु स्वास्थ्यकर्मीको निगरानीमै भएको र उनीहरुको अवस्था सामान्य भएको पुलामीले जानकारी दिए । क्याम्पसमा साढे १७ सय विद्यार्थी छन् । (news24 nepal बा’ट)