
काठमाडौ/ अहिले समस्यामा परेका नेपालीहरु सहयोग खोज्न प्रह’रीकहाँ जाँदैनन् । आफ्ना समस्या सुनाउन र समाधान खोज्न युट्युवरको दैलोमा जाने गरेका छन् ।
रोल्पाका कृष्ण घर्ती मगर १२ वर्ष सम्म कतारमा संघर्ष गरे १० वर्ष अघि विवाह गरेका थिए । उनी अहिले दुई वर्ष पछि नेपाल फर्किएका छन् । उनी नेपाल फर्किएर आफ्नो जन्मघर रोल्पा जानुको साटो उनी युट्युवरको दैलोमा पुगे ।
परिवारका खुसीको लागि वैदेशिक रोजगारीका लागि कतार पुगेका उनी आफ्नो पनि खुसी खोसिएपछि सहयोगका लागि सामाजिक सञ्जालमा आफ्ना कुरा राख्न युट्युवरको दैलोमा पुगेका हुन् । उनी विदेशवाट सुट्केश वोकेर सिधै अर्काको दैलोमा जानुपर्दा पक्कै नराम्रो लागेको होला । तर उनको त्यो बाध्यता हो । १० वर्ष अघि विवाह गरेकी श्रीमती रोल्पा स्थित घरवाट सम्पर्क विहिन भइन् । फागुन महिना देखि उनी एकाएक सम्पर्क विहिन भएपछि कृष्ण हतारिदै कतारवाट नेपाल आएका हुन् ।
श्रीमती हराउनु अघिल्लो दिन श्रीमतीले राम्रैसंग कुरा भएको थियो । तर अचानक भान्जाले माइजु छैनन् भनेर खबर सुनाउँदा उनी छाँगावाट खसेजस्तो भए । अलिअलि शंका त थियो, उनले भने, फोन संधै फोन विजि हुन्थ्यो, आफन्तहरुले पनि त्यस्तै कुरा सुनाउँथे । तर मैले विश्वास गरिन । पहिला पुरै थाहा पाएको थिएन तर श्रीमती हराए पछि अहिले सबैले कुरा सुनाएका छन् ।
उनी कतारमा हुँदा एक जना युवा घरमै आएर बस्ने कुखुरा का टे र खाने रमाइलो गर्ने गरेको कुरा अहिले छिमेकी र आफन्तले सुनाएको उनी बताउँछन् । उनको एक छोरा पनि छन् । साढे ८ वर्षका छोरा छोडेर उनको श्रीमती हराएकी हुन् ।
उनले छोरा र नन्द पनि लिएर गएको श्रीमानले बताएका छन् । मेरो छोरा र बहिनी पनि लिएर गएकी छन्, उनले भने बहिनी (काकाको छोरी)को विवाह भइसकेको छ । १७ वर्षको बहिनी पनि सम्पर्क विहिन भएको कुरा आएको छ । दुई जना नै हिँडेको खबर छ । बहिनी भने श्रीमतीसँग साथै गएको भन्ने सुनेको छु । हे’र्नुहोस् भिडियो:-