
एजेन्सी/ बंगलादेशमा सोमबार राती संसारकै सबैभन्दा ठूलो रोहिंग्या मुसलमानको बस्तीमा भी’षण आ’गला’गी हुँदा हज्जारौं अस्थायी घर ज’लेर न’ष्ट भएका छन् ।
काँकस बजार इलाकाको बालुखाली शिविरमा भी’षण आ’गला’गी भएको हो । केहीबेरमा सो आ’गला’गी निकै ठूलो क्षेत्रमा फैलिएको थियो । आगलागीमा परेर कम्तिमा १५ जनाको मृ’त्यु भएको छ भने ४ सयभन्दा बढी व्यक्ति बे प त्ता भएका छन् ।
शरणार्थी शिविरका अस्थायी आवास टेन्ट, प्लाष्टिक र मोटा पोलिथिन शीटबाट निर्माण भएका थिए । प्लाष्टिकका सामानबाट अस्थायी आवास बनेकोले पनि आ’गला’गी फै’लिन सहयोग पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघका शरणार्थी एजेन्सीका प्रवक्ता लुइस डोनोवानका अनुसार भीषण आगलागीको खबर पाउने वित्तिकै उद्धारकर्मीहरुको ठूलो पंक्ति सक्रिय भएको थियो र उनीहरुले धेरैजनाको ज्या’न बचाउन सफल भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार आ’गला’गीमा परेर कयौं शरणार्थीहरु ज ले र म’रेको आशंका गरिएको छ ।