बिहिबार ०६ माघ २०७८

महोत्तरी/ महोत्तरीको उत्तरवर्ती नगर बर्दिवासमा मोटरसाइकल चो’रीको बिग’बिगी बढेको छ । पछिल्लोपटक सोमबार दिउँसै बर्दिवास–६ का प्रेमबहादुर खत्रीको ज९प ४३७९ नंको मोटरसाइकल बर्दिवास–१ पूर्वचोकस्थित आइएमई कार्यालय अगाडिबाट चो’री भएको हो । चैत महिनामा मात्रै १० भन्दा बढी मोटरसाइकल चो री भएका छन् ।

“मोटरसाइकल अगाडि राखेर काम विशेषले आइएमई कार्यालय छिरेँ, पाँच मिनटमै फर्कँदा मोटरसाइकल चो री भइसकेको थियो”, मोटरसाइकल धनी खत्रीले भन्नुभयो । दैनिकजसो मोटरसाइकल चो रीका वारदातबारे जानकारी आइरहेको इलाका प्र ह री कार्यालय बर्दिवासले जनाएको छ ।

चैत लाग्दै बर्दिवास–७ का वडाध्यक्ष फाल्गुण सुसलिङले प्रयोग गर्दै आउनुभएको बर्दिवास नगरपालिकाको सरकारी नम्बरप्लेटको मोटरसाइकल बर्दिवास–३ गौरीडाँडाबाट चो री भएको छ । त्यसैगरी बर्दिवास–९ का मनोजकुमार महतोको मोटरसाइकल पनि गौरीडाँडाबाटै चो री भएको छ ।

यसबाहेक बर्दिवास–१४ स्थित सेन्ट्रल प्वाइन्ट स्कूल अगाडिबाट बर्दिवास–३ कै रुद्र बोहराको मोटरसाइकल चो री भएको छ । चैत लागिकन बितेका नौ दिनभित्रै १० भन्दा बढी मोटरसाइकल चो रीका घ ट ना भएका बर्दिवास–७ का वडाध्यक्ष सुसलिङले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बर्दिवासले मोटरसाइकल चो रीका घ ट ना बढेको स्वीकार गरेको छ । “यसबीचमा एकपछि अर्को मोटरसाइकल चो रीका घट नाबारे पीडितबाट जानकारी आएको छ”, कार्यालयका प्रमुख तथा प्रह री नायब उपरीक्षक वीरेन्द्र थापाले भन्नुभयो, “प्रह री मोटरसाइकल चो र्ने गिरोहको खोजीमा सूक्ष्म तवरले लागेको छ ।” प्रह’रीको निरन्तर खोजले यो गि’रोह पत्ता लगाइछाड्ने थापाको भनाइ छ ।

प्रहरीकै सक्रियतामा बर्दिवास–३ का रुद्र बोहराको मोटरसाइकल बिपी राजमार्गको खुर्कोटमा भेटिएको छ । मोटरसाइकल चो रे र भा’गेका चो रले प्रहरीले पिछा गरेको छनक पाएर खुर्कोटमा गाडी छाडेर भा गे को प्रह’रीले जनाएको हो । बोहराले आफ्नो मोटरसाइकल पाइसकेका छन् । अन्य मोटरसाइकलबारे खोजी जारी रहेको इलाका प्र’हरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवासमा पछिल्ला केही दिनयता भिखारी र कवाडी सामान उठाउने काममा लागेको देखाउने नौला मानिस निकै थपिएका छन् । प्रह’रीले यिनीहरुबारे निग’रानी बढाउनुपर्ने बर्दिवासका व्यापारीको सुझाव छ ।

यसअघि तीन वर्ष पहिले बर्दिवासमा अहिलेजस्तै मोटरसाइकल चो रीको बिग’बिगी थियो । त्यतिखेर प्रहरीले सर्लाहीसम्म पुगेर मोटरसाइकल चो’र्ने गिरो’हको पहिचान गरी कारवाही गरेपछि यस्ता घ ट ना पातलिएका बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडा बताउनुहुन्छ । प्रह’रीले खोजीकार्य जारी राखेपछि गि रो ह पत्ता लाग्ने बर्दिवासवासीको विश्वास छ ।

३२० पटक हेरिएको

तपाईको प्रतिक्रिया